सिभिल बैंकले शुरु गर्‍यो अनलाईन फि पेमेन्ट सेवा

news-details

सिभिल बैंकले आफ्ना सबै शाखाहरु मार्फत अब अनलाईन फि पेमेन्टको सुविधा सुचारु गरेको छ ।

विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै सिभिल बैंकले सो सेवाको सुरुवात गरेको हो । विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु अब सिभिल बैंक मार्फत सहज भुक्तानी गर्न सक्ने छन् ।

विदेशमा अध्ययन गर्न जानको लागि दिनुपर्ने अनिवार्य परिक्षाहरु SAT, GRE, GMAT,ACT, USMLE को रेजिस्ट्रेसन शुल्क सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सिभिल बैंकको देशभरका ६८ वटा मध्ये ग्राहकलाई पायक पर्ने कुनै पनि शाखा मार्फत भुक्तानीगर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *