सरकारले सय दिनको रोजगारी ग्यारेन्टी गर्दै
- रोजगारमञ्च
- साउन ३०, २०७५
- 0
रोजगार नपाएर चिन्चित हुनुहुन्छ ? अब चिन्ता नलिनुहोला । सरकारले नै रोजगारको ग्यारेण्टी गर्दै छ ।
सरकारले वर्षमा सय दिनको रोजगारी ग्यारेन्टी गर्ने भएको छ। कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनको रोजगारी दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।
प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै उनले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिए।
स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुनेछ।
यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने छन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ।