सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन
- जेष्ठ १३, २०७८
- 0
सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो ।
चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुनुभएको थियो ।
पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले ८ गते शपथ लिनुभएको थियो । मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।
-रासस
0 प्रतिक्रिया
अमेरिकाका एसी शेर्पा महावाणिज्यदूतमा बढुवा, थप ४ बर्षको कार्यकालका लागि नियुक्त
अमेरिकाको वासिङ्टन राज्यको सियाटलका लागि अवैतनिक वाणिज्यदूत रहेका एसी शेर्पालाई सरकारले महाबाणिज्यदूतमा नियुक्त गरेको छ । शेर्पा आगामी चार बर्षका […]
प्रधानमन्त्री ओलीले दिए छठ पर्वको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले […]
नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्वपुर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् । नेपाल विश्वविद्यालयको बिहीबार […]
छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका […]
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै
आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा […]