चन्द्रागिरिमा १० शैयाको आइसोलेसन सेन्टर सञ्चालन
- जेष्ठ ८, २०७८
- 0
चन्द्रागिरि नगरपालिकामा १० शैयाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताउनुभयो ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शैया सञ्चालनमा ल्याइएता बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शैया थप गर्दै लैजाने जानकारी दिनुभयो ।
समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेको छ ।
-रासस
0 प्रतिक्रिया
टुँडिखेलमा मगर समुदायको माघीको रौनक (फोटोफिचर)
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। […]
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार […]
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि […]
पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि
पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ। पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले […]
यो वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि हुने
शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । मंगलबार सुचना जारी […]