नेपाली कांग्रेसले भावी सरकारको बारेमा हतारमा निर्णय नलिने
- फाल्गुन १३, २०७७
- 0
नेपाली कांग्रेसले भावी सरकारको बारेमा हतारमा निर्णय नलिने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
नेकपा आधिकारिकता विवाद टुंगिएको छैन । नेकपाका दुवै समूहले साथ खोजिरहेका बेला कांग्रेसले तटस्थ नीति लिएको हो ।