कि म मुर्ख कि यहाँहरु एलियन
- असार ३२, २०७५
- 0
अनुप न्यौपाने
टोरोन्टो क्यानडा । मलाई आज यो लेख लेखी रहँदा बिपिको ‘दोषी चस्मा’ भन्ने कथाको खुबै सम्झना आइरहेछ। ‘दोष चस्माकै हो वा मेरो गर्धन चिलाएको’ छुट्ट्याउने जिम्मा प्रबुद्ध पाठक बर्गलाई छोडी दिएको छु। जस अपजस शिरोधार्य ।
प्रसङ्ग टोरोन्टोमा भरखरै सम्पन्न एउटा बौद्धिक भेलाको हो । गत ७ तारिख टोरोन्टोमा एउटा हाई प्रोफाइल सम्मेलन भयो । क्यानडा र अमेरिकाका विभिन्न शहरबाट भिन्नभिन्न बिषयमा उच्च शिक्षा हासिल गरेका सम्मानित प्राज्ञहरुको टोरोन्टो सम्मेलनमा उपस्थिति थियो । शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको उक्त सम्मेलनको ब्यानर र शीर्षक बडो आकर्षक थियो । ‘नेपालको उच्च शिक्षामा प्रवासी नेपालीको भुमिका ।’
खासमा त्यो सम्मेलन शैक्षिक विचार मन्थनको उद्गम बिन्दु र त्यसबाट निस्केको निचोड, नेपालको शिक्षा क्षेत्रमा दुरगामी प्रभाव पार्ने खालका हुनसक्थ्यो। अफसोच त्यसो हुन सकेन बरु ‘हात्ती आयो हात्ती आयो फुस्सा’को नेपाली उखान चरितार्थ गराएर गयो ।
नेपालको शिक्षा क्षेत्रमा प्रवासी नेपालीको महत्वपूर्ण योगदानको ‘सकारात्मक छलफल’ रुपी माखोलाई केहि आयोजक र विद्वान गुरुहरुले ठूलै माछा जस्तो गरी प्रचारात्मक शैली अपनाई दिदा यसको गरिमामा प्रश्न चिन्ह लाग्न गयो । सामाजिक संजाल र अनलाइन मिडिया, देखावटी पाराले छ्याप्छ्याप्ती रंगाइए जुन यसको कमजोर पक्ष रह्यो। यिनै प्रचारात्मक प्रवृति र यथार्थवादी सोचबीच केही प्रश्नले यो लेखकलाई डसी रह्यो र प्रश्नको पिटारो कोर्न बाध्य भए ।
ग्रान्ड सक्सेस, चर्चित र ऐतिहासिक भनिएको सम्मेलन समग्रमा कस्तो रह्यो, अलिकति बुझ्ने प्रयास गरेको हो, कसै प्रति लक्षित भने अवश्य होइन । कथम कदाचित कसैलाइ त्यस्तो पर्न गएछ भने दुबै हात जोडी माफीको बिन्ती टक्र्याउँछु ।
अहिलेसम्म कही कतै यस्तो किसिमको प्राज्ञिक भेला आयोजना नभएको, नेपाली बैज्ञानिकहरुको भेला र टोरोन्टो बिश्व विद्यालयसित समन्वय गरिएको जस्तो भाव दिइएर गरिएको प्रचार यथार्तता भन्दा फरक थिए । आउनुस् केहि तत्थ्यात्मक कुरा गरौ ।
आयोजक मध्ये केही सम्मानितहरुसित कुरा गर्ने जमर्को गरे । एक आयोजक मित्रलाई फोन लगाए, फोन उठाउने बित्तिकै ‘ए अनुप जि प्रोग्राम त कस्तो सफल भयो सोद्दै नसोध्नुस् भन्न थालिहाल्नु भयो। फलाना युनिभर्सिटीका डिन त ढिस्काना युनिभर्सिटीमा यति वर्ष काम गरिसकेका मेरा मित्रसित भेट भयो भनेर सफलता गनाउन थाल्नुभयो ।
विचैमा रोकेर भने, यहाँहरुले गर्नुभएको कार्यक्रमको भव्यतामा मलाई शंका छैन तर यो ‘छलफल’ मात्र थियो कि शीर्षकमा प्रचार गरिए झै यहाहरुको भूमिकाले नेपालको शिक्षा प्रणाली भोलिदेखिनै रकेट गतिमा अगाडि बढछरु उहाँ फेरी भन्न थाल्नु भो, टाइममा शुरु भयो, खाना र पिना बडो सहज तरिकाले सप्लाई गरियो आदि इत्यादि । पुनः प्रश्न गरे, अनि यी कुराहरुले नेपालको शिक्षा क्षेत्रमा कसरी सुधार हुन्छ तरु उहाँको जवाफ, तपाईं आउनु भएन, आउनु भएको भए बुझ्नुहुन्थ्यो ।
उनले झन्डै झन्डै नाजवाफको स्थिति उत्पन्न भयो । अन्तिम प्रयास स्वरुप फेरी भने, ठिकै छ नि त, म न आएपनि कमसेकम निचोड त अथ्र्याइ दिनुसरु एक दुई दिन पर्खनुस् ‘टोरोन्टो डिक्लेरेशन’ निस्कन्छ एक एक हरफ पढ्नुस सबै बुझ्नुहुन्छ भने पछि फोन बार्तालाप टुंगो लगाइयो ।
मनमा खुल्दुली रही रह्यो । चुरो प्रश्नले ज्यू का त्यू थियो । एक मनले ‘बृहत रुपमा प्रचारप्रसार गरिएझै के साच्चिकै अब यो भेलाले नेपालको शैक्षिक स्तर द्रुतगतिमा अघि बढ्छ त होला भन्यो ।
फेरी अर्को मनले होइन त्यसो त होइन होला भनी द्वन्द्वात्मक युद्धमा फसायो । निर्क्योल, यो एउटा सामान्य ‘छलफल भेला’ मात्र हो जसको कुनै तात्विक अर्थ छैन भन्ने निकाल्यो । हुन पनि कुरो सही हो । न यसमा नेपाल सरकारका नीति नियम लागू गर्ने व्यक्ति छन् न नै यसले एउटा प्रभावकारी ‘दबाब समूह’ गठन गर्नसक्ने सामर्थ्य राख्दछ ।
अनि यस्ता भेलाको उपयोगिता के त रु हो, हुनसक्थ्यो, शिक्षामन्त्री आउने कुरा थियो आइदिएका भए । देशको शिक्षा मन्त्रि डिसिजन मेकर र निचोडलाई सम्बन्धित निकायमा ष्mउझिभलतबतष्यल गराउन सक्ने अधिकार भएका व्यक्ति हुन् र सो नाताले लौ हो भनि चित्त बुझाउन सकिन्थ्यो ।
त्यस्तै, दुई तिन हप्ता पहिले एनआरएनएका ग्लोबल प्रेसिडेन्ट टोरोन्टो आएका थिए। यदि यो सम्मेलन त्यस बेला आयोजना गर्न सकिएको भए पनि यस्को औचित्य पुष्टि हुनसक्थ्यो। उनले सन्सार भरीका प्राज्ञिकहरुको प्रभावकारी ‘दबाब समुह’ गठन गरी टोरोन्टो वा अन्य ठाउँको सम्मेलनले पारित गरेको यी र यस्ता शैक्षिक प्रणाली लागू गर भनि ‘दबाब’ दिन सक्थे ।
अब यी दुबै कुरा हुन नसकेपछि उही मैले भेला गरे, गराए अथवा सहभागी भए भनेर व्यक्तिगत बायोडाटामा रमाउनु बाहेक केही उपलब्धी देख्दिन म त । गलत छु भने सच्याई पाउ । ‘छलफल’ मात्र भएको फिस्टे कुरालाई बढाएर या मानको ‘भूमिकै’ भनी धेरै हल्लाखल्ला नगरिएको भए कुरो ‘हात्ती आयो हात्ती आयो के जाती’ भन्या जस्तो अलि हुन्थेन होला ।
अझ त्यतिले पुगेन भनेर केही सम्मानित उच्च शिक्षितहरुले युनिभर्सिटी अफ टोरोन्टोसित कोलाब्रेशनै गरेर भएको जस्तोसम्मको छनक दिन भ्याए । युनिभर्सिटी अफ टोरोन्टोको भेला स्थल ‘भाडामा’ लिएर गरिएको कार्यक्रमलाई यस प्रकारले दुष्प्रचार गरिनु कहाँसम्म ठिक हो रु पाठकवर्ग स्वयं बुद्धिमान हुनुहुन्छ, मैले केही भनि राख्नु नपर्ला ।
यति बिधि कुरा गरिरहँदा मलाई आफ्नो कमजोरी पनि राम्रोसंग हेक्का छ । आफू जाँदै नगएको कार्यक्रम बारे किन बढी जानी टोपलेको भन्ने आरोप लगाउनुस, स्वीकार्य छ। जान मन नभएको पनि होइन तर समग्र नेपाल कै उच्च शिक्षामा खेलिने ‘भूमिका’ र ‘यु अफ टी’ जस्ता शब्दले मनमा डर जगाई दियो ।
आफू जाबो एस।एल।सी। पास त्यो पनी गान्धी डिभिजन, के भूमिका खेल्छस ए भैरे १ मनले भन्यो र जाने हिम्मत नै आएन । तैपनी आजको सञ्चार सुबिधाको युगमा घरै बसी बिस्तारले फेसबुक लाइभ र हाइली एजुकेटेडहरुको पोस्टरट्विट हेर्दै सुन्दै कसरी आजको यो भेला सकिने बित्तिकै नेपालको शिक्षा क्षेत्रले फड्को मार्छ कनिकुथी भएपनि बुझ्ने प्रयास गरी रहे तर खै कि म आफु मुर्ख हो जस्तो लाग्यो कि ति विद्वतवर्ग ‘एलियन’ जस्तो महशुस जस्को कुरा उहाँहरु बाहेक अरु कसैले नबुझ्ने । पुनः भुलबस अन्य आसय लागेको भए माफ पाउँ ।
कहिले काँही आफैसित रिस उठछ । नजाने गाउको बाटै नसोध्नु नि तर रिसाएर के गर्नु खसखस लागि रहन्छ सायद गोर्खे रगतको कमाल हो । आफू जान सक्ने क्षमता नभए पछि माथिका आयोजक गुरुले भने अनुसारनै एक सहभागी महानुभावलाई सोधे, हैन ए हजुर, प्रचार गरिए झै यो हिजोको सम्मेलनले कसरी नेपालको शिक्षामा अग्रगामी छलाङ मार्छरु तपाई त सहभागी, लु न बुझाई दिनुपर्यो ?
उनी मुसुक्क हाँसे, खई आफूले पनि शीर्षकमा भनिए झै र अहिले सामाजिक संजालमा आए झै केही भै हाल्ने भनी बुझ्न नसकेको बताए । साथै तपाई खोजीनीति गर्दै हुनुहुन्छ, बुझ्नु भयो भने मलाई पनि बुझाई दिनुस है, पो भन्न थाले। लु परेन फसाद । उल्टै पो फसिने भइयो भनी लुसुक्क बिदा भए ।
तत् उपरान्त ६-८ जना सहभागी र आयोजक विद्वानहरुसित कुरा गरे, बुझ्ने प्रयास गरे, माफ पाउ एक जनाले पनि मेरो कुरोको चुरो जवाफ दिन सक्नु भएन । हो एक भलाद्मी व्यक्तित्वले अलिकती भए पनि निचोड बुझाउने प्रयास गर्नु भो तर तात्विक कुरोमा उहाँ पनि फिस्स हास्नु भो ।
अर्का एक सहभागी भन्दै हुनुहुन्थ्यो । अलि बढीनै हल्ला मच्चियो तर यो ‘कामकुरो एकातिर दाम्लो बोकी ठिमी तिर’ भने जसो मात्र हो । अर्का एक टोरोटोबासी हसाउँदै थिए, माडसाबहरुको छुट्टिको सही सदुपयोग हो, हुने वा भएको चाँही केही होइन ।
फेरि १००-५० जना भेला भएर ठूलो कुरो गर्दैमा त्यो ठूलो हुने हो र भन्या ? एउटा कथा सुनाउन मन लाग्यो । २-३ वर्ष पहिला टोरोन्टोमा हिन्दी सिनेमाको पुरस्कार समारोह आइफा हुँदै थियो । त्यसैको बिज्ञापन गर्ने क्रममा स्थानीय हिन्दी रेडियोमा एक प्रस्तोता बडो जोरसोरले श्रोतालाई शोमा जान आग्रह गर्दै ‘बडेबडे कलाकार आ रहे है,’ भन्दै थिइन । बारम्बार ‘बडेबडे’ शब्दको उच्चारण सुनेर, अर्को प्रस्तोतालाई चित्त बुझेन छ क्यार ।
भनिहाले, क्या तमरिन जि आप भी, ‘बडेबडे’ लगातार बोले जा रही है ? कितने बडे हाथी जितने बडे रु त्यो सुनेपछि ती प्रस्तोता नानि लाजले भुतुक्क भइन् र टपिकनै चेञ्ज गरिन ।
पुनः स्थानीय २-४ जना चिनेका र उच्च शैक्षिक स्तर भएका इष्टमित्र र साथीभाईलाई सोधे ‘जानु भो ?’ ‘नाई गइन’ भन्ने जवाफ पाए सायद उहाँहरुको शैक्षिक स्तर त्यस ‘बडेबडे’हरुसित मेल नखाएर हो कि जस्तो भान भो, बाँकि कुरा के हो उहाँहरुलाई नै थाह होला । भन्नूको अर्थ ‘बडेबडेहरुको सामान्य छलफल’ पनि हामी जस्ताले ठूलै मानी दिनुपर्ने ? यो मन्द दिमागले पचाएन है यस्ता कुरा, सरी ।
क्रिकेटमा मलाइ सचिन तेन्दुलकर र फुटबलमा मेस्सी खुबै मन पर्छ, कारण एउटा मात्र छ । यी दुबैमा आफ्नो सफलताको देखावटीपन छैन । चाहे सेन्चुरी हानोस वा गोल, दुबैले ‘प्रचारात्मक शैली’ कहिले अपनाउदैनन् तर पनि विश्वमै नाम छ । खै हामीले यति सानो कुरो पनि सिक्न सकेको ? भनाई नै छ नि ‘तिमी मिहिनेत यसरी गर कि तिम्रो सफलताले हल्ला गरोस ।’
मैले यतिको धृष्टता गरिरहदा ‘कस्तो नेगेटिभ सोच भएको व्यक्ति’ भनेर टाइटल गुथाउने थुप्रै निस्केलान तर म यस्लाई नेगेटिभ भन्दा पनि कृटिक भन्न रुचाउँछु । कृटिक त हुन् पाइयो नि । फेरी मैले यो भेला गर्नै नहुने भनेको पनि छैन । गर्नसक्ने कुरा मात्र गरौं वा गरेको कुरा मात्र भनौं, यसो भए गुरुहरुकै मान मसक्कत रहने थियो भन्ने चाहना हो ।
काम भन्दा पनि प्रचारबाजीको साम दाम दण्डभेद प्रवृति सामाजिक संजाल र मिडियाहरुमा बढी भयो, सबैले छाड्दा समाजको हित होला भन्ने मनसाय हो । यस भेलाको ‘निचोड’मा नेपालको शिक्षा पद्धतिले साच्चै पल्टी मार्यो भने हामी नै यहाँहरुको अमुल्य योगदानको गुण गाउला दिउँला तर अहिलेलार्इ विद्वान अग्रजहरुले प्रचारात्मक भन्दा गुणात्मक भूमिका खेली दिनुपर्यो भनि गरिएको आदरपूर्वक आग्रह हो ।
३-४ दिन पर्खेर ‘टोरोन्टो डिक्लेरेसन’ पनि पढ्ने मौका पाए । जम्मा जम्मी १५ बुदे टिप्पणीमा समष्टिगत गरिएको ‘टोरोन्टो डिक्लेरेसन’ पढ्दा कही पनि यो भेलाले शुरुमा भने जस्तो निचोड भेटिन । हो ‘सल्लाहको’ पोकोसम्म लाग्यो जुन प्रबासमा बस्ने हरेक नेपालीको दिल र दिमागमा दिनदिनै जसो उब्जी रहन्छ । चार जना भेला भएर यो गरिएमा १ महिनामै देशलाई ऐजन ऐजन तरिकाले बिकशित रास्ट्रको स्थानमा पुर्याउछु भन्दैमा के देश साच्चिकै बिकशित हुन्छ त ? यो सोच माड्साबहरुको स्तर सुहाउँदो भएन, क्षमा पाउ, छुच्चो भएछु भने ।
यो कुरा म जस्ता ए बि सि डी जमातले गरेको भए सायद मेरो टाउको दुख्ने थिएन होला तर मैले मानि आएको र सम्मानजनक रुपमा हेरेको गुरुजनहरुबाट भएकोले अलिक टाउको दुख्या हो । माफ पाउ है गुरुहरु हो, ‘छोटा मुह बडी बात’ गरेकोमा ।
यो यहाँहरु जस्तै आदरणीय मेरा गुरु पिताजीको ‘भिडले सहीलाई गलत भनेछ भने एक्लै भएपनि सहीलाई सही भन्न पछि नहट्नु, भिडसङ्ग नदगुर्नु,’ शिक्षाको एक अंश हो । मलाई, यो जे भयो त्यो गलत भयो होइन कि भएको ‘तरिका’ गलत भयो भन्ने लागेर गुरुहरुबाटै सिकेको शिक्षाको प्रयोग गरेको हुँ,आशा छ, अज्ञानता भए क्षमा गरी दिनुहुनेछ । अरु कुरा भेटमा बात मारौला । धन्यबाद ।