नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपालको गठन, अध्यक्षमा आचार्य
- साउन ३, २०७७
- 0
नेपाल डिजिटल टिभी अपरेटहरूले पहिलो पटक अपरेट एसोसिएसन अफ नेपाल गठन गरेका छन् । डिजिटल टिभी अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षणको उदेश्यएले डिजिटल टिभी अपरेटरहरुको भेलाले तदर्थ समिति गठन गरेका हुन् ।
तदर्थ समितिको अध्यक्षमा डिसहोमका सुदीप आचार्य र सदस्यहरूमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमलसिना (ब्रोड टिभी), निरन राज भण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टिभी) र अमित थापा (क्लियर टिभी) रहेका छन् ।
भारतीय विभिन्न न्युज च्यानलहरुले प्रधानमन्त्रीका सम्बन्धमा विभिन्न भ्रामक तथा घृणित कपोकल्पित र नेपाली जनताको आस्थामाथि नै प्रहार गर्नेजस्ता समचार सम्प्रेषण गरेकोले केही भारतीय न्यूज च्यानलहरुलाई अर्को सूचना नआउँदसम्मको लागि बन्द गरिएको समेत अपरेटरहरूले जनाएका छन् । आजतक, एविपि न्यूज, जि न्यूज च्यानल र इन्डिया टिभी बन्द गरिएका हुन् ।
डिजिटल टिभी अपरेटर तथा उपभोक्ताको हक हितलाई मध्यनजर गर्दै आगामी तीन महिनाभित्र लागू हुन गहिरहेको क्लिन फिल्डलाई मन्त्रालयसँग समन्वय गरी नीतिनियम निर्माण गरी लागू गर्ने समेत अपरेटरले जनाएका छन् ।