आज थप ७० जनामा संक्रमण भेटिदा डिस्चार्ज हुनेको संख्या ४३१, थप ३ को मृत्यु पुष्टि
- असार २७, २०७७
- 0
पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो चौबिस घण्टामा निको भएर ४३१ जना डिस्चार्ज भएका छन । योसँगै सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेर ५०.५ प्रतिशत पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।