आज २३२ जना संक्रमित भेटिए, कोरोनाका कारण थप २ जनाको मृत्यु पुष्टि
- असार २०, २०७७
- 0
पछिल्लो चौबिस घण्टामा देशभर थप २३२ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।
यस्तै हालसम्म ६ हजार ४१५ जना कोरोनाभाइरसका सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
थप दुई जनाको मृत्यु
यस्तै गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत १६ गते कतारबाट आएर पालुङटारको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएकोमा असार २० गते ती पुरुषको मृत्यु भएको थियो ।
यस्तै देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकोमा उपचारकै क्रममा उनको १७ गते मृत्यु भएको थियो ।