उद्योग बाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ मा हुदै

news-details

नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन यही साउन २५ र २६ गते काठमाडौमा गर्ने निर्णय भएको महासंघले जानकारी दिएको छ ।

यसअघि चेत्र चैत्र २८ देखि २९ गतेसम्म तोकिएको निर्वाचन तथा साधारणसभाको कार्यक्रम सरकारले जारी गरेको लकडाउनका कारण स्थगित भएको थियो ।

आइतबार बसेको पदाधिकारी बैठकले स्थगित निर्वाचन तथा साधारणसभा साउन २५ र २६ गते गर्ने निर्णय गरेको तथा यो निर्णयलाई आज सोमबार बस्ने कार्यसमिति बैठकले पारित गरेपछि घोषित कार्यक्रम अघि बढने महासंघकी अध्यक्ष भवानी रानाले जानकारी दिइन ।

साधारणसभामा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान भएको हुदा आउदो साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्ने छन ।

वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि भने निर्वाचन हुनेमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *