कोभिड–१९ पछिको समाज – ‘अबको व्यवस्थापन र प्राथमिकता कृषि क्रान्ति नै हो’
- जेष्ठ ११, २०७७
- 0
विश्भरि फैलिरहेको कोभिड–१९ महामारीको कारण मानव समूदायसामू दुइवटा कठिनाइ उत्पन्न भएका छन । एक महामारीको रोकथाम र अर्को त्यसबाट सिर्जित असरको व्यबस्थापन । हाल जारी लकडाउन खुकुलो भएपछी हाम्रा पूर्बवत दैनिकी फेरिएर आउने सम्भावना छ । तर, यसको प्रभावले विश्व मानचित्रमा ग्राहस्थ उत्पादनमा गिरावट आउनुका साथै आर्थिक तथा सामाजिक संरचना अनि पारिवारिक तथा व्यक्तिगत सम्वन्धमा पनि उथलपुथल आउन सक्छ । यसका लागि अहिलेदेखि नै तयारी थालिएन भने यो महामारी भन्दा पनि ठुलो संकट त्यसपछिको अवस्थाले सिर्जना गर्ने अर्को खतरा बढेको छ ।
अहिले यस महामारीका कारण विश्व समूदाय जति आक्रान्त र पीडामा परेको छ, भोली अहिलेको अवस्था सामान्यिकरण गर्न तथा व्यवस्थापनका लागि उति नै चिन्तित पनि छ । यसबाट हाम्रोजस्तो परनिर्भर र रेमिट्यान्समा आधारित अर्थतन्त्र प्रभावित नहुने कुरै छैन । तर, हरेक समस्यामा समाधान हुन्छ भनेजस्तै अहिले संकटकैबीचमा पनि हामीमा आत्मनिर्भर हुने तथा भोलीको सुनौलो दिनको आरम्भ गर्ने मौका पनि आएको छ । यसका लागि कुनै ठुलो कसरस भन्दा पनि हामीले गर्दै आएको कृषि पेशालाई आधुनिकीकरण गरे मात्र पनि पुग्छ ।
आदिकालदेखि मानव सभ्यताको बिकासको आधार भनेको कृषि प्रणाली नै हो । १८ औ शताब्दीमा युरोपमा शुरु भएको औद्योगिक क्रान्ति र त्यसको आसपासमा भएका प्रबिधिगत बिकासले मानिसको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जिबनमा महत्वपूर्ण प्रभाव पर्न गयो । तत्पश्चात मानिसको आधारभुत आवश्यकता स्वस्थ र पौस्टिक आहार, व्यबस्थित स्याहार, स्वच्छ वातावरण बनेसँगै सामाजिक तथा आर्थिक बिकासको आधार पनि कृषि क्षेत्र बन्यो ।
मानिसलाई बाँच्न र बचाउन स्वास्थ्य पहिलो प्राथमिकतामा रहने भएकाले त्यसको लागि भरपर्दो साधन स्रोत भनेको कृषि उपज हो । आयातमा आधारित उपभोग प्रणाली र रेमिट्यान्समा आधारित आय हाम्रा अर्थतन्त्रको विशेषता हुन । यो महामारीको कारण बिश्भर रोजगारीमा उल्लेख्य संख्यामा कटौती हुने तथा उत्पादकत्वमा गिरावट आउने हुँदा हाम्रो अर्थतन्त्रलाई कसरी बचाएर राख्ने भन्ने चिन्ता बढिरहेको अबस्थामा कृषिप्रधान देशको हैसियदले आर्थिक बिकासका लागि कृषि क्रान्तिको विकल्प छैन र यसका लागि राष्ट्र एकजुट हुनुपर्ने बेला अहिले आएको छ ।
समृद्ध नेपालको लागि बिकासका प्रमुख आधार भनेका कृषि, उर्जा र पर्यटन क्षेत्र हुन । तसर्थ उर्जा र पर्यटन बिकासलाई निरन्तता दिदै आर्थिक बिकासको मुख्य आधारकारुपमा राष्ट्रले कृषि क्षेत्रलाई रोज्नु पर्दछ । त्यसकारण आजको आवश्यकता वैज्ञानिक तथा आधुनिक कृषि हो, सरकार यता केन्द्रित हुनुपर्छ ।
कृषिक्रान्तिका बाटाहरु :
–सरकारले कृषकलाई जमिनको पहुँचमा पु¥याउन व्यक्तिगत बाझो जग्गा र बोट बुटयान नभएका सरकारि जग्गाको लगत लिइ त्यस्तो जमिनको उपयोगीता बढाउने कृषि नीति ल्याउनु पर्यो ।
–उपयोग नभएका जग्गाका धनिहरुसंग समन्वय गरि कृषकले सहज तरिकाले कृषि उत्पादनको लागि उपयोग गर्न पाउने बाताबरण बनाउनु पर्यो ।
–जग्गाको चक्लाबन्दिमा जोड दिई कृषियोग्य भुमीको संरक्षण गर्नु पर्यो ।
–भुमी बैंकको कानुनी व्यवस्था गरि कृषिमैत्री भु–उपयोग नीति निर्माण गर्नुपर्यो ।
–कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि सामाग्री र कृषि प्रसारलाई एउटै छाताभित्र राखी सञ्चालन गर्न आवश्यक छ ।
सिपयुक्त जनशक्तिले नै उत्पादकत्वमा प्रभावकारिता ल्याउन सक्ने भएकोले कृषि पेशामा संलग्न आम जनशक्तिलाई दक्ष बनाउदै बिज्ञानका उपलब्धिलाई कृषि कार्यमा जोडदै प्रबिधिमैत्री कृषि प्रणाली अपनाउन आवश्यक छ । कृषिको बजारीकरण गर्दै बीउ, मल, सिंचाइ तथा कृषि औजार वा उपकरणको बिकास गर्न चाहिदो मात्रामा बजेट छुट्याउन आवश्यक छ । किसान र उपभोक्ताबीचको दुरि घटाइ बजारसम्म पहुच सुनिस्चित गरि किसानको मेहेनतको संरक्षण गरि किसानलाई शोषित हुनबाट बचाउन सक्नुपर्दछ ।
तरकारी फ्याँक्नुपर्ने तथा दूध पोख्नुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय तहको सक्रियतामा कृषि सहकारी बैंकको स्थापना गरि कृषि भौतिक बिकासमा जोड दिन सक्नुपर्छ । जस्तै ः बाटो घाटो पुलपुलेसा बजार बिस्तार तथा बस्ती बिकास आदिलाई कृषिमैत्री बनाउन सकिन्छ र यसका लागि देशभित्र उत्पादन हुने कृषि उपजलाई खपत गरि थप रोजगारीका अवसर सिर्जना गर्न कृषिजन्य उद्योग स्थापना र बिकासमा राष्ट्रिय लगानी बढाउन आवस्यक छ ।
भूगोल हावापानी र मौसम अनुसार हिमालमा पशुपालन तथा जडिबुटी, पहाडमा फलफूल तथा तरकारी र तराईमा खाद्यान्न बाली प्रणालीलाई प्राथमिकता दिन बाञ्छनिय हुन्छ । कृषि उत्पादनको विषयसंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउन कृषि सामाग्री, औजार र उपकरण उपलब्ध गराइ सिंचाइ, बाटो घाटो, सूचना तथा संचार र विद्युत बिकास गर्न तत्कालीन र दीर्घकालीन योजना तय गरि तिनै तहको सरकारबीच समन्वय हुन आवश्यक छ ।
कृषिमा क्रान्ति ल्याउन सके सुख र शान्तिसँगै स्वदेशमै रोजगारीको व्यवस्थापन गर्न मात्र होइन परनिर्भर अर्थतन्त्रलाई बिस्थापन गरी नेपाली युवाहरु विदेशमा जानै पर्ने बाध्यता हटने थियो । हाम्रा युवा विदेश पठाएर उनीहरुले भित्रयाएको रेमिट्यान्सलाई देशको अर्थतन्त्र चलाउने नीति र व्यवहारलाई बिकाशिल तथा जनमुखी मान्न सकिदैन । वैदेशिक रोगारिलाई आम्दानीको प्रमुख स्रोत बनाएर नेपाल समृद्ध बन्दैन ।
त्यसकारण अब वैदेशिक रोजगारी विकल्प बनाउदै त्यस क्षेत्रबाट स्वदेश फर्कने युवाका लागि सबैभन्दा भरपर्दो रोजगारीको माध्यम भनेको व्यावसायिक कृषि नै हो । यसबाट अबका दिनमा आइपर्ने बेरोजगारीको संकटलाई यसैबाट हल गरि रेमिट्यान्समुखी अर्थतन्त्रलाई बिस्थापित गर्न सकिन्छ । स्वनिर्भर अर्थतन्त्र राष्ट्रियताको मुलमन्त्र हामी सबैको इच्छाशक्तिलाई कृषिमुखी बनाउने हो भने कृषि उत्पादकत्व वृद्धि गरि व्यापार घाटा कम गर्न सक्छौ । कृषिक्रान्तिलाई प्रभाकारी तरिकाले लागू गर्यो भने परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतामा रुपान्तरण गर्न सक्छौ । कृषि व्यबसायको चौतर्फी बिकासले ल्याउने स्वनिर्भर अर्थतन्त्रले राष्ट्र र राष्ट्रियतालाई समेत सुदृढ बनाउन सकिन्छ ।
सुमधुर परिवारिक तथा सामाजिक सम्बन्धको आधार युवा जनशक्ति वैदेशिक रोजगारीको लागि बिदेश पलायन भएका कारण हाम्रा पारिवारिक तथा सामाजिक संरचनामा कठिनाई आइरहेका छ्न । उचित स्याहारमा रहनुपर्ने वृद्ध आमाबुवाबाट टाढिनु, बालबच्चाको प्रत्यक्ष रेखदेख गर्न बाट बञ्चित हुनु तथा यौवनमा जोडी बिछोडिनु सुखत पक्ष होइनन । समाजमा मर्दा–पर्दा, अर्म–पर्म र भैपरी आउने आकस्मिक सहयोग गर्ने युवाशक्तिको अनुपस्थितले हाम्रा सामाजिक सम्बन्ध खलबलिन पुगेका छ्न । यदि व्यबसयिक कृषि पेशा अंगिकार गरेमा यी अप्ठ्याराहरु आफै दुर हुनेछन ।
संस्कृतको संरक्षण र सुशासनको आधार हाम्रा परम्परादेखि चलिआएका मौलिक संस्कृति तथा जिवनपद्ध्ती कृषिसँग सम्वन्धित छन । बिभिन्न जातजातिका हरेक परम्परा तथा चाड्पर्ब कुनै न कुनै रूपमा कृषिसंग जोडीएका छन । यस मान्यतालाई कायम राख्न कृषि पेशाको संरक्षण र सम्वद्र्धन जरुरी छ । व्यवसायिक कृषि प्रणाली र सुशासन एक अर्काका आधारस्तम्भ हुन ।
राजनीतिक दलमा आवद्ध बेरोजगार युवाहरूलाई कृषिजन्य स्वरोजगारमा आबद्ध गर्न सक्यौं भने यसले निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्नुका साथै भ्रष्टाचार र सुशासन न्यूनीकरण भई सुशासन कायम हुन सक्छ । समाजबादको रोडम्याप बर्तमान संविधानले अंगिकार समाजबाद उन्मुख राज्यको परिकल्पना साकार पार्ने आधार कृषि व्यवसाय हुन सक्छ । सबैलाइ राष्ट्रिय बिकासको मुल प्रवाहमा ल्याइ वर्गभेदरहित शोषणमुक्त र समुन्नत समाज स्थापनाको मार्गचित्र कृषि र सहकारी भएकाले अभाबरहित समाज विकसित हुन गइ देश समाजबादतर्फउन्मुख हुन सक्छ ।
संघियताको दीर्घकालीन कार्यान्वयन र स्थानीय स्रोत साधन उपयोग संघियताको मुल सिद्धान्त हो । बिबिध जातजाती र भौगोलिक क्षेत्रको पहिचानलाई सुनिश्चित गर्दै राष्ट्र निर्माणमा समान सहभागिता जुटाउनु आजको आवश्यक्ता हो । बिकासको भौगोलिक असन्तुलन कृषि व्यबसायको सुदृढिकरणबाट गर्न सकिन्छ । परिमार्जित र बैज्ञानिक प्रणालीमा आधारित भु–उपयोग नीति अबलम्बन गरि केन्द्रदेखि स्थानीय तहसम्मको सम्पूर्ण संरचनालाई पारदर्शी मितव्ययी र साधन स्रोतयुक्ति बनाउन तथा राज्यको सेवा सुबिधालाई सबै नेपालीको घर आगनमा पु¥याउन कृषिलाई भरपर्दो माध्यम बनाउन सकिन्छ ।
स्वच्छ बाताबरण र स्वस्थ जिबनको लागि कृषिप्रधान देश नेपालको अर्को गहना भनेको हरियो वन नेपाल को धन हो । अर्कोतर्फ त्यतिकै खेर गैराखेको अपार जलसम्पदाबाट विद्युत उत्पादन गरि यसलाई कृषि प्रणाली बढवा गर्नतिर जोडन सक्ने हो भने बनजंगल मासिनबाट रोकिने मात्र नभई बाताबरण स्वच्छ हुन गइ जलबायु परिबर्तनलाई यसले सन्तुलित राख्ने थियो । यसका साथै यसले पर्यावरण पर्यटनको संवद्र्धनमा समेत योगदान पु¥याउने थियो । यसो हुन सक्यो भने पांगारिक र ताजा उत्पादनको उपभोग तथा प्रयोगले स्वस्थ र स्वास्थ्यवद्र्धक जिबनप्राप्तिसँगै कृषिक्रान्तिले सबै नेपाली सुखी र खुसी नेपाली हुने थिए !
(लेखिका नेपाल महिला संघ सिन्धुपालचोककी सभापति हुन)