विदामा नेपाल आएका कामदारलाई लकडाउनकै अवधिमा पनि कोरिया फर्कन दिने सरकारको निर्णय, एनआरएनए कोरियाले समन्वय गर्ने

news-details

कोरोना संक्रमण अघि विदामा स्वदेश आएका नेपाली कामदारलाई लकडाउनकै समयमा पनि दक्षिण कोरिया फर्कन दिइने भएको छ । गत आइतबार बसेको मन्त्रीपरिषद बैठकले घर विदामा आएका नेपालीलाई लकडाउनको अवधिमा आफ्नो काममा फर्कन चाहेमा जान दिने निर्णय गरे पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको समन्वयमा उनीहरुलाई लैजाने व्यवस्था मिलाइएको छ ।

इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा कार्यरत नेपालीहरु घर विदामा स्वदेश आउदा लकडाउनका कारण यतै रोकिन पुगेका थिए । जसका कारण उनीहरुको रोजगारीसँगै कोरियामा रहेका रोजगारदातासमेत समस्यामा परेपछि सरकारले यस्ता कामदारलाई जान दिने व्यवस्था गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

भिसा अवधी भएका यस्ता कामदारलाई स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट जान दिने निर्णय सरकारले गरेपछि सोही अनुसार विदामा घर आएका नेपालीलाई कोरिया जान दिने व्यवस्था गरिएको बताउदै मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले यसरी फर्कने चाहनेहरुलाई वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखामा सम्पर्क गर्न अनुरोध गरेका छन ।

जस अन्तर्गत कोरिया चार्टड उडानका लागि नेपाल एयरलाइन्ससँग सम्झौता भैसकेको जानकारी दिदै संघले पहिलो चरणमा यस्ता कामदार कोरिया लैजाने गरी नेपाल एयरलाइन्सको ए ३३० जहाज अप्रिल ३० (१८ वैशाख)मा बिहान १० बजे कोरियाको सोलस्थित इङचोन विमानस्थलका लागि उडने तय भएको र बाकी उडान आवश्यक्ता अनुसार थप्दै लैजाने जानकारी दिएको छ ।  तर कोरियाबाट भने कुनै यात्रु आउन पाउने छैनन र विमान रित्तै फर्कने छ ।

यसरी विदामा नेपाल फर्किएकाहरुको यकिन तथ्यांक नभए पनि गैरआवासीय नेपाली संघको पहलमा त्यस्ता कामदारको सङ्ख्या संकलन गर्ने काम भइरहेको र करीब २५० कामदार बिदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ ।

यसरी फर्किने नेपालीले हवाई टिकटवापत १ लाख १३ हजार ७७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने र कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने संघले जानकारी दिएको छ । संघले कुनै समस्या या जानकारी लिनुपरे संघका प्रतिनिधीहरुसँग सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

हेर्नुहोस मन्त्रीपरिषदको निर्णय

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *