काठमाडौबाहिर पहिलो कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ४ पुग्यो
- चैत्र १४, २०७६
- 0
काठमाडौ बाहिर पहिलो पटक कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १ नेपाली भेटिएका छन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
दुबईबाट चैत ११ गते नेपाल आएका उनी संक्रमणको आशंका पछि उपचारार्थ अस्पताल भर्ना भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ती युवामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्यै १ जना उपचार पछि घर फर्किसकेका छन भने बाकी २ जना काठमाडौ टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेका छन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।