कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने
- अशोज २२, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।
कांग्रेसको निर्वाचन समितिले केहीबेरमा पत्रकार सम्मेलनमार्फत निर्वाचनको प्रक्रियाबारे जानकारी गराउने भएको छ । कांग्रेसमा धेरै क्लस्टर हुँदा मतपत्र छपाइको काममा विलम्ब भएकाले पटक पटक मतदानको समय सारिँदै आएको छ ।
यसअघि बिहीबार बिहान १० बजे, त्यसपछि १ बजे, त्यसपछि साढे २ बजेदेखि मतदान सुरु हुने भनिएको थियो । तर मतपत्र समयमै नछापिँदा आज मतदान नहुने भएको छ ।
कांग्रेसमा आजै राति मतदान गर्ने कुरा उठे पनि धेरै महाधिवेशन ्रप्रतिनिधिले महाधिवेशनस्थल छाडेका छन् । सोही कारण अब शुक्रबार बिहान मात्र मतदान सुरु हुने बताइएको छ ।
0 प्रतिक्रिया
एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको […]
कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान […]
कांग्रेस महाधिवेशन : मतदान प्रक्रिया दिउँसो २ः३० बजेबाट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज दिउँसो २ः३० बजेबाट सुरु हुने भएको छ । यसअघि बिहान […]
अर्थतन्त्रलाई उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य :राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र […]
इराकमा एनआरएनएले ‘दशैं धमाका २०८३’ आयोजना गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् इराकले नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा ‘दशैं धमाका २०८३’ आयोजना गर्ने भएको […]





