राष्ट्रपतिद्वारा शुक्रबार रातिबाट संसदको चालू अधिवेशन अन्त्य
- अशोज १५, २०८३
- 0
काठमाडौं। संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्यको सिफारिस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा छ ।
सरकारले बिहीबार मात्रै संसदमा संघीय निजामती ऐनसम्बन्धी विधेयक दर्ता गरेको छ । एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने बाटो पनि खुला भएको विश्लेषण हुन थालेको छ ।
0 प्रतिक्रिया
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ । आज अपराह्न पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ […]
भोटेकोशी–रसुवा बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न […]
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । […]
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय […]
भोटेकोशी–त्रिशूली विपद् अध्ययनमा विज्ञ टोलीलाई स्थायी रूपमा जोड्ने प्रस्ताव

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले विपद्को अध्ययन तथा […]




