देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

news-details

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् ।

केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने पूर्वानुमानका आधारमा १३ असोजभित्र स्थानीय अनुकूलताअनुसार क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न भनेको छ ।

निर्वाचन समितिले विकल्प दिएपछि केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन् ।

कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ । केन्द्रीय महाधिवेशन १६–१९ असोजमा आयोजना गरिने कांग्रेसको कार्यतालिका रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया