विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए सपथ
- अशोज ७, २०८३
- 0
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार विहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय गर्न पनि सुझाए ।
भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए ।
मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।
0 प्रतिक्रिया
भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौं । यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका […]
मधेश सरकारले पहिलोपटक आफैं छाप्यो सवारी चालक अनुमतिपत्र, आजदेखि वितरण सुरु

जनकपुर । मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ । श्रम तथा यातायात […]
विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भाद्र ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको […]
देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी […]
एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेमा तेन्जिङ शेर्पालाई कास्य

जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ। नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको […]





