कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
- अशोज ३, २०८३
- 0
काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बांँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा, मधेश प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।








