सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘हरेक कारोबारमा आकर्षक उपहार’
- माघ १७, २०७६
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदी अरबको बैंक अलबिलाद–एन्जाजसँगको सहकार्यमा साउदीमा रहेका नेपाली सेवाग्राहीका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए. टि. एम ., एन्जाज सेल्प –सर्भिस मेसिन, एनजाज पि.ओ.एस., एन्जाज सेन्टर) मा उपलब्ध रहेको सिटी एक्सप्रेसले जानकारी दिएको छ ।
सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निःशुल्क हवाई टिकट(विश्वको जुन सुकै ठाउँको), २४ जनाले ५ ग्राम सुनका सिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भौचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्ने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।
यो योजना जनवरी ३० देखी अप्रिल ३० सम्म ३ महिनाको लागि लागू हुनेछ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्षदेखि विश्वभरी आफ्नो रेमिट्यान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेसबीच सन् २०१७ देखि सहकार्यमा कारोवार सुचारु हुदै आइरहेको छ ।