ग्लोबल आइएमई बैंक बन्यो देशकै ठुलो बैंक, अर्थमन्त्री खतिवडाद्धारा एकिकृत कारोवारको शुभारम्भ

news-details

अर्थमन्त्री युवराज खतिवडाले सरकार र राष्ट्र बैंकको नीति अनुसार पहिलो विग मर्जमा गएका दुई ठुला बैंकको एकिकृत कार्यक्रमको समुदघाटन गरेका छन । आज शुक्रबार एक विशेष समारोहकाबीच ‘क’ वर्गका दुई ठुला बैंक ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्जर भएर एकिकृत कारोवार सुभारम्भ भएको हो ।

मर्जर पछि ग्लोबल आइएमई बैंक देशकै सवैभन्दा ठुलो बैंक बनेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजि करिब १९ अर्ब, निक्षेप २१३ अर्ब, कर्जा लगानी १९४ अर्ब, ३ सय बढी शाखा कार्यालय, २ सय ४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउण्टर, २ सय ५९ एटीएम काउण्टर, ८५० सेवाकेन्द्र र ३ हजार २ सय ५० भन्दा बढी दक्ष जनशक्ति र २० लाखभन्दा बढी ग्राहक संख्या पुगेको बैंकले जानकारी दिएको छ ।

सयुक्त कारोवारसँगै बैंकका अध्यक्षमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल नै कायम रहने र प्रमुख कार्यकारी अधिकृतमा तत्कालिन जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर र डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका सिइओ महेश शर्मा ढकाल रहने भएका छन ।

उदघाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले बैंक ठुलो भएर मात्र नहुने भन्दै आम सेवाग्राहीहरुको मन जित्ने गरी अघि बढन सुझाव दिनुभयो । उनले मर्जरको लाभ लगानीकर्ता, उपभोक्ता र देशले पाउनुपर्ने भन्दै मर्जरले बैंकको पूजि बृद्धि हुने र संचालन खर्च घटने हुदा नाफामा मात्रै ध्यान नदिएर सेवाग्राहीहरुलाई सहज, सरल र सस्तो सेवा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो मर्जरले पूर्वाधार क्षेत्रमा पनि लगानी विस्तार गर्न सक्ने क्षमताको बैंकको उदय गराएकोमा खुसी लागेको बताउनुभयो ।

एकिकृत बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सक्षम र सुदृढ बैंक निर्माण गर्ने आफ्नो आकांक्षा आंशिक पूरा भएको भन्नुहुदै आगामी दिनमा अझै अन्य वित्तीय संस्थासँगको सहकार्यलाई पनि अघि बढाउने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *