भृकुटीमण्डपको सानो चौरमा लाग्यो ‘महासेल महाकुम्भ जुत्तामेला’
- रोजगारमञ्च
- मंसिर ९, २०७६
- 0
काठमाण्डौको भृकुटी मण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्तामेला’ लागेको छ । प्रख्यात नेपाली ब्राण्डका एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु मेलामा उपलब्ध छन् ।
हेर्नुहोस् भिडियो :
बिल्कुलै नयाँ डिजाइनका जुत्ताचप्पल मेलामा फ्याक्ट्री लागतमा नै उपलब्ध गराइने आयोजकको भनाई छ । नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल छानी छानी मेलामा किन्न पाइन्छ ।
विवाहका सिजनका लागि लक्षित गरेर पार्टी सुज र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता एउटै छानामुनी उपलब्ध रहेको आयोजक प्रमोद महतोले जानकारी दिए ।
मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा खरिद गर्ने उपभोक्ताको भीड लाग्न थालेको छ । त्यही भएर आयोजकले आफ्ना उपभोक्तालाई लक्षित गरेर भनेका छन्–‘भृकुटीमण्डपको गेट छिर्ने वित्तिकै महासेल महाकुम्भ जुत्तामेला लागिरहेको छ, अन्य मेलासँग नझुक्कि कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ता किन्न महासेल महाकुम्भ मेलामा नै छिर्नु होला ।’
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामी स्टक क्लेयरेन्स गर्न होइन, मेलामा नै नयाँ नयाँ डिजाइनका जुत्ता पनि लन्च गरिरहेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’
एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।
उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनु साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेकाले नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने आयोजकको लक्ष्य हो ।
नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो । नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला आयोजना गरिएको हो ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।