प्रधानमन्त्री शेख हसिनाको दललाई बहुमत

 २९८ मध्ये २८१ सिटमा जित
news-details

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्‍याएको हो । २९८ संसदीय क्षेत्रमध्ये अवामी लिगले २८१ मा जित दर्ता गरेको बंगलादेशका निर्वाचन आयोगले जनाएको छ ।

जितसँगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेकी छिन् । तर मुख्य विपक्षी दल ब‌ंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् ।

मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिस्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *