भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

news-details

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।

कांग्रेसले सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा प्रदर्शनको आयोजना गरेको थियो । यसै प्रदर्शनको क्रममा अध्यक्ष राहुल गान्धी पक्राउ परेका हुन् । विपक्षी दलले फ्रान्सबाट लडाकु बिमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ ।

विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ ।

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच बिवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको जनाएको छ । अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *