मेक्सिकोमा ९७ यात्रु सवार विमान दुर्घटना, सबै यात्रु सुरक्षित

news-details

बीबीसी / मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् ।

दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार उक्त विमान दुर्घटनामा ८५ जना घाइते भएको जसमध्ये दुईको अवस्था चिन्ताजनक भएको जानकारी दिएका छन् ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार विमान उडेको पाँच मिनेटपछि नै दुर्घटना भएको र यात्रीहरु हाइवे नजिकै मद्दत मागिरहेको देखिए ।

एरोमेक्सिको फ्लाइट एएम २४३१ ले ग्वाडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडान भरेको थियो ।

एयरपोर्ट अपरेटर ग्रुपो एरोपुर्तुवारियो सेन्ट्रो नोर्टेले सुरुवाती अनुसन्धानपछि दुर्घटना खराब मौसमका कारण भएको जानकारी दिएका छन् ।

गभर्नर एइसपुरोले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान तल झर्नुअघि ठूलो बिस्फोट भएको बताए । आफूले राज्यका सबै स्वास्थ्य संस्थानलाई घाइतेको उपचारका लागि अलर्टमा राखेको पनि उनले बताए ।

नागरिक सुरक्षाका प्रवक्ता अलेहन्द्रो कारदोसाले दुर्घटनापछि विमानमा आगो लागेको तर कसैलाई पनि आगोले क्षती नपुर्याएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *