यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित
- मंसिर १४, २०८१
- 0
युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए ।
श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।
श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।
नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।
0 प्रतिक्रिया
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित
युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित […]
बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी […]
दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ
व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले […]
गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । भैरहवामा […]
एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट […]