यूइएफए यूरोकप : घरेलु टोली जर्मनीको स्कटल्यान्डविरुद्ध सहज जित

news-details

१७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै विजयी शुरुआत गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दशै मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

१९औं मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनायो।

पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्ज गोलमा परिणत गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए ।

त्यसअघि खेलको २५औँ मिनेटमा जमललाई स्कटल्यान्डका खेलाडीले फल गरेका थिए । म्याच रेफ्रीले उक्त फललाई पेनाल्टीको अवसर दिएका थिए तर, भिडियो सहायक रेफ्ररी (भिएआर)को सायतामार्फ उक्त पेनाल्टीले मान्यता पाएन ।

४४औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको छ । उसका रायन पोर्टियसले रातो कार्ड ब्यहोरेका थिए ।

पहिलो हाफम ३–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

६८औं मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४–० ले अघि बढ्यो। ८७औं मिनेटमा स्कटल्यान्डले उपहार गोल पायो ।

जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे। स्कटल्यान्डका लागि रुडिगरले गरेको उक्त गोल सान्त्वना बन्यो ।

अतिरिक्त समयको तेस्रो मिनेटमा एमरे क्यानको गोलमा जर्मनी ५–१ ले विजयी भयो । त्यसपछि बाँकी समय थप गोल नहुँदा जर्मनी ५–१ ले विजयी भयो ।

जितसँगै समूह ’ए’ मा रहेको आयोजक जर्मनी तीन अंक जोड्दै प्रतियोगिता सुखद शुरुआत गरेको छ । यता, स्कटल्यान्डले भने पराजयबाट प्रतियोगिताको शुरुआत गरेको छ ।

जर्मनी अब आफ्नो दोस्रो खेलमा जुन १९ मा हंगेरीविरुद्ध खेल्नेछ भने स्कटल्यान्डले २० जुनमा स्विट्जरल्यान्डको सामना गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *