बुधवार, श्रावण ०१ गते, २०७६
विकल्प खोज्दै ट्राभल व्यवसायी
सोमवार, २०७२ श्रावण ०४ गते १३:२३

 
.

राजु बास्कोटा / सरकारले शून्य लागतमा वैदेशिक रोजगारीमा कामदार पठाउने व्यवस्था लागू गरेपछि टिकेटिङ व्यवसाय गर्ने ट्राभल कम्पनीले विकल्प खोज्न थालेका छन् । म्यानपावर कम्पनीले शून्य लागतको विरोध गरेपछि वैदेशिक रोजगारमा कामदार जान ठप्प भएको छ।
 
कामदार नगएपछि खाडी मुलुकका लागि मात्र टिकट काट्ने ट्राभल व्यवसायको कारोबार समेत ठप्प छ। टिकेटिङ व्यवसाय ठप्प भएकोले यसको विकल्पमा ट्राभल व्यवसायी टुर अपरेट्रिङ व्यवसाय सुरु गर्न थालेका छन्।
 
सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स ९सोट्टो० नेपालका अध्यक्ष यमबहादुर खड्काले अहिले नेपालमा टिकेटिङको मात्रै व्यापार गर्ने ट्राभल कम्पनीको संख्या सात सयको हाराहारिमा छ । टिकेटिङको मात्रै कारोबार गर्ने यी कम्पनीले उपयुक्त विकल्पका रूपमा टुर अपरेट गर्न थालेको खड्काको भनाइ छ।
 
सम्पूर्ण नेपाली कामदारको हितका लागि सरकाले गरेको निर्णय उपयुक्त भएकोले पनि अब टिकेटिङ व्यवसाय पुरानै अवस्थामा आउन नसक्ने व्यवसायीको बुझाइ छ। फ्रि भिसा र फ्रि टिकेट सम्बन्धित कम्पनीले नै पठाएको अवस्थामा नेपाली ट्राभल कम्पनीको भविष्य छैन। त्यसैले टुरको विकल्प नै नभएको सोट्टो नेपालको भनाइ छ।
 
टिकेटिङको कारोबार मात्रै गर्ने ट्राभल कम्पनीले धमाधम टुर अपरेटर्समा परिवर्तन गरेर व्यवसायको प्रवद्र्धन सुरु गरिसकेको खड्काले जानकारी दिए। टिकेटिङको कारोबारमा केन्द्रित एरोलिन ट्राभल, ओशो वर्ल्ड, बोन ट्राभलले टुर्स अपरेटर्स सुरु गरेको सोट्टोको भनाइ छ। टिकेटिङको मात्रै कारोबार गरिरहेका ट्राभल कम्पनी एक पछि अर्को गर्दै टुरतर्फ लागेका छन्।
 
सोट्टोका अनुसार सात सय ट्राभलमध्ये करिब साढे तीन सयदेखि चार सय व्यवसायीले टुरको व्यवसाय गर्ने भएका छन्। टिकेटिङमा भविष्य नभएपछि आफ्ना सदस्यलाई टुरतर्फ उत्प्रेरित गर्न थालेको सोट्टोको भनाइ छ।
 
सोट्टोले टुर प्रवद्र्धन गर्न आगामी अगस्ट १९ मा मलेसिया र सिंगापुर जाने निर्णयसमेत गरिसकेको छ । यसमा २५ वटा टुर अपरेटर्स सुरु गर्न चाहने तर अहिले टिकेटिङमा मात्र केन्द्रित ट्राभल व्यवसायी सहभागी हुने भएका छन्।
 
टिकेटिङमा भविष्य नभएकोले अब साहसिक पर्यटकीय गतिविधि, ट्रेकिङ, र्‍याफिटङ र होटेल-रेस्टुरेन्टतर्फ आफ्नो व्यवसाय परिवर्तन गर्नुको विकल्प नरहेको नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का पूर्वअध्यक्ष रामकाजी कोनेले बताए। उनका अनुसार सरकारले कामदारको पक्षमा गरेको निर्णय कार्यान्वयनमा शंका गर्न सकिदैन। त्यसैले अब ट्राभल व्यवसायीले आफूलाई टिकाउन पनि विकल्प खोज्नुपर्छ।
 
शून्य लागतको निर्णयसँगै खाडी मुलुकबाट नेपाल उडान गर्ने वायुसेवाले ७० प्रतिशत उडान कतौटी गरिसकेका छन् । शून्य लागतको निर्णय कार्यान्वयनपछि कामदार पठाउँदा सम्बन्धित कम्पनीले टिकट उतैबाट पठाउने ९पीटीए० को व्यवस्था हुने भएकाले नेपालमा ट्राभल व्यवसाय संघटमा परेको उनको बुझाइ छ।
 
एउटा व्यवसायमा टिक्न नसक्ने भएपछि अर्को विकल्प खोज्नु तथा व्यवसायिक रणनीति परिवर्तन हुनु सामान्य भएको कोनेको भनाइ छ। टिकेटिङको विकल्प खोज्दै अधिकांश व्यवसायीले आन्तरिक तथा वाह्य पर्यटकको प्याकेज बनाउने योजना अगाडि सार्न थालेको सोट्टोका महासचिव मधुसुदन उपाध्यायले जानकारी दिए।
 
राष्ट्र र आम नेपालीलाई नै लाभ हुने विषयलाई सबैले आत्मसाथ गर्नुपर्छ। विकल्प खोज्न सुरु गरेका केही व्यवासायीले कम्पनीको वेवसाइड, ब्रोसर, प्रवद्र्धनात्मक सामग्री र आन्तरिक तथा वाह्य पर्यटकको टुर प्याकेज बनाउन थालेको उपाध्यायले बताए।
 
उनका अनुसार लगानी गर्न सक्ने र एक डेढ वर्षसम्म धैर्य गर्न सक्ने व्यवसायी बाहेकका अन्य टिकेटिङ व्यवसायी आफैं विस्थापन हुने अवस्थामा पुगेका छन्।
अन्नपूर्णपोष्टबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media