बुधवार, श्रावण ०१ गते, २०७६
शुक्रवार, २०७२ श्रावण ०१ गते १७:५९

 
. वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने प्रतिष्ठित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल प्रा.लि.ले आफ्नो स्थापनाको १० वर्ष पुरा गरेको छ । वार्षिकोत्सवको अवसरमा आकर्षणले टेकुमा रहेको आमाघरलाई सहयोग प्रदान गरेको छ ।

सो अवसरमा आमाघरलाई चामल, दाल, कपडालगायतका सामाग्री आर्कषणका अध्यक्ष विष्णु केसी र प्रवन्ध निर्देशक मिलन थापाले आमाघरकी संचालिका दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

व्यवसाय सँगसँगै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको बताउदै आकर्षणका अध्यक्ष केसीले भने –‘आमाघरका बृद्धबृद्धा तथा केटाकेटिलाई सहयोग गर्न पाउदा हामी धेरै खुसी भएका छौ ।’ यस्तै सहयोग सामाग्री लिदै आमाघरकी संचालिका दिलशोभा श्रेष्ठले खुसी व्यक्त गर्दै भनिन–‘उहाँहरुको सहयोगले हामीमा आत्मवल पलाएको छ, हामीले उहाँहरुको साथ पायौ अव कोही पनि बुद्धबृद्धा रोडमा सुत्न पर्दैन ।’



वार्षिकोत्सवकै अवसरमा आकर्षणले गत बैशाखमा गएको भुकम्पमा परि पीडित आफुले पठाएको कामदारको परिवारलाई आफ्नो र कम्पनीको तर्फबाट आर्थिक सहयोग समेत प्रदान गरेको छ । विभिन्न जिल्लाका २ सयबढि यस्ता कामदारका परिवारलाई रु ३० लाख बराबरको आर्थिक सहयोग वितरण गरेको आकर्षणका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् ।

अध्यक्ष केसीले भने–‘हामीले कामदार पठाउदै आएका कम्पनीलाई आग्रह गरि उनीहरुले गरेको सहयोगमा हाम्रोतर्फबाट पनि थप गरि भुकम्प पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हौ ।’ उनले भने–‘व्यवसायी भएपछि कामदार पठाउने मात्र होइन कामदार समस्यामा पर्दा तिनलाई र तिनका परिवारलाई सहयोग पनि गर्नुपर्छ ।’



सो अवसरमा ८१ हजार आर्थिक सहयोग पाएकी बागलुङकी भूकम्प पीडित सुनिता परियारले यसरी सहयोग जुटाइदिएकोमा आकर्षण इन्टरनेशनललाई धन्यवाद दिदै भनिन–‘विदेश पठाउने मेनपावरले पैसा लिन्छ भनेको मात्र सुनेको थिए, तर दुःखमा पर्दा सहयोग गर्ने मेनपावर पनि हुदारहेछन ।’

मलेसिया रोजगारीमा केन्द्रित आकर्षण इन्टरनेशनले आगामी दिनमा दलित, पिछडिएका तथा अन्य समूदायका गरिब नेपालीलाई निशुल्क तथा न्यून लागतमा आर्कषक रोजगारीमा पठाउने लक्ष्य लिएको प्रवन्ध निर्देशक थापाले बताए । उनले भने–‘यी दश बर्षका आरोह अवरोहबाट पाठ सिक्दै आकर्षण इन्टरनेशनललाई नमुना वैदेशिक रोजगार संस्थाको रुपमा स्थापित गराउने छौ ।’




प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media