सोमवार, आश्विन ०६ गते, २०७६
सरकारको नीति तथा कार्यक्रममा
विहिवार, २०७२ असार २४ गते १८:४९

 
. रोजगार मञ्च । संविधानसभा संसदको वैठकमा राष्ट्रपति डा. रामवरण यादवले नेपाल सरकारको नीति तथा कार्यक्रम २०७२/०७३ प्रस्तुत गरेका छन् । ध्वस्त संरचना पुर्ननिर्माण र स्थानीय निकायको निर्वाचनलाई उच्च प्राथमिकता दिइएको सो नीति तथा कार्यक्रममा रोजगार र गैरआवासीय नेपालीका विषयमा केही सम्वोधन गरिए पनि कुनै आकर्षक कार्यक्रम ल्याइएको छैन ।

मुलुकमा रोजगारीको अवसर बढ्न नसक्दा वैदेशिक रोजगार नेपालीहरुको बाध्यता बनिरहेको छ । यस्तो बाध्यतालाई केही हदसम्म भएपनि हटाउन कृषि तथा उद्योगधन्दा विकासका अलवा स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमको ४३ नम्बरको बुँदामा भनिएको छ ‘युवा उद्यमशिलता र औधोगिक जनशक्ति विकास विशेष कार्यक्रम मार्फत युवाहरुलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गरिने छ ।’

यस्तै ८८ नम्बरको बँुदामा युवाहरुलाई व्यवसायीक, रोजगारमूलक र नेतृत्व विकास सम्वन्धी लामो र छोटो अवधिका तालिम प्रदान गरी आत्मनिर्भर बनाइने तथा स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसरहरु सिर्जना गरी युवा शक्तिको परिचालन गरिने र भुकम्प प्रभावित क्षेत्रका युवाहरुलाई पुन: निर्माणका लागि सीपयुक्त बनाई रोजगार बनाइने जसका लागि ‘यूथ भिजन–२०२५’ लागू गर्ने उल्लेख छ ।

स्वरोजगारको साथसाथै नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीको विषय पनि समावेश गरिएको छ । कार्यक्रमको ९२ नं. को बुँदामा वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुलाई विभिन्न चरणमा हुने शोषण नियन्त्रण गर्न स्थानीयस्तरसम्म सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, आप्रवासी कामदारहरुको हकहित–कल्याण र सुरक्षाका लागि प्रमुख गन्तव्य मूलुकहरुसँग द्धिपक्षीय श्रम सम्झौता गर्ने तथा वैदेशिक रोजगारमा गई अशक्त भएका, समस्यामा परेका र हिंसामा परेका कामदारहरुको शीघ्र उद्धारको व्यवस्था मिलाउने भनिएको छ ।

यस्तै १०० नं. बँुदामा गैरआवासीय नेपालीको पूँजी, सीप र लगानी देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने नीति लिइने उल्लेख छ । यसका साथै गैरआवासीय नेपालीहरुले उठाउँदै आएको मताधिकारको विषयलाई सम्वोधन गर्दै १०७ बँुदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न मतदाता दर्ता प्रक्रियाको थालनी गर्ने उल्लेख गरिएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media