सोमवार, आश्विन ०६ गते, २०७६
समितिले श्रम मन्त्रालयलाई लागू गर्नसकिने आशयको प्रतिवेदन बुझायो
मंगलवार, २०७२ असार २२ गते १४:३१

 
.

मलेसिया जाने नेपाली कामदारका लागि लगाइन लागेको बायोमेट्रिक प्रणालीलाई अन्तत : संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले ग्रिन सिग्नल दिएको छ । यसअघिनै लागूको अन्तिम तयारीमा रहेको यो प्रणाली समितिकै निर्देशनमा रोकिएको थियो ।

समितिले हिजो सोमबार श्रम तथा रोजगार मन्त्रालयलाई बायोमेट्रिक प्रणाली केही शर्तसहित लागू गराउन सकिने निष्कर्षसहितको एक प्रतिवेदन बुझाउदै यसलाई लागू गर्ने ढोका खोलिदिएको हो ।  

गत माघमा मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका क्रममा गरिन लागिएको बायोमेट्रिक प्रणालीका विषयमा छानबिन गर्नुपर्ने भन्दै यसलाई तत्काल लागू नगराउन समितिले श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएपछि यो रोकिएको थियो ।

समितिले बायोमेट्रिककोे विषयको अध्ययन तथा छानविनका लागि समितिका सदस्य जितेन्द्रदेवको संयोजकत्वमा एक उपसमिति नै गठन गरि आफ्नो काम थालेको थियो । यसैको अध्ययन पश्चात समितिले ५ पृष्ठको प्रतिवेदन श्रम तथा रोजगार मन्त्रालयलाई बुझाएको हो । समितिका सदस्य जितेन्द्रदेवको संयोजकत्वमा रहेको टोलीले बायोमेट्रिक लागू गर्नुपर्ने कारणसहितको प्रतिवेदन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई बुझाएको होे ।

समितिका सभापति प्रभु साहले अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको जनाउदै केही शर्तसहित बायोमेट्रिक लागू गर्दा राम्रो हुने प्रतिक्रिया दिए ।

मलेसियाले आफुले कामदार आपूर्ति गर्दै आएको १५ वटै मुलुकमा एकसाथ बायोमेट्रिक प्रणाली लागू गर्ने प्रयास गरेपनि पाइलट प्रोजेक्टका रुपमा शुरुमा नेपाल र बंगलादेशमा लागू गर्न लागेको हो ।

मलेसियाले बेस्टिनेट डिएचटी आइएनएटी कम्पनीमार्फत् यो प्रणाली लागू गराउन लागेको हो । उक्त ‘फरेन वर्कस सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम सफ्टवयर’ लगायतका उपकरणलाई करिब ८ लाख लाग्ने तथा उक्त उपकरण बेष्टिनेटसँग खरिद गर्नुपर्ने प्रावधान थियो । उक्त उपकरण नेपालका ३९ वटा स्वास्थ्य संस्थाले जडान गरि बायोमेट्रिक प्रणालीको अन्तिम तयारी गरेका थिए ।

बायोमेट्रिक लागू गर्नुअघि सरकारले मलेसियालाई ६ बुँदे शर्तसहितको पत्र पठाएको थियो त्यसको नेपालस्थित मलेसिया दूतावासले जवाफ पठाउँदै तत्काल स्वास्थ्य परीक्षणको शूल्क थप नलाग्ने र मापदण्ड पुगेको मेडिकलले बायोमेट्रिक सञ्चाल गर्ने पाउने जनाएको थियो । सफ्टवयर निशुल्क दिनुपर्ने नेपालको शर्तका विषयमा पत्रमा केही उल्लेख गरेको थिएन ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media