मंगलवार, आश्विन ०७ गते, २०७६
भारत १ खर्ब, चीन ७६ अर्ब, एडिबी ६० अर्ब, विश्व बैंक ५० अर्ब, जापान २६ अर्ब, अमेरिका १३ अर्ब, इयु ११ अर्ब, नर्बे ३ अर्ब
विहिवार, २०७२ असार १० गते १३:२४

 
. भूकम्प पछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृ निकायले करिब ४ सय अर्ब  रूपैयाँ बराबरको सहयोगको बचन दिएका छन्।

भारतले सबैभन्दा ठूलो १ खर्ब सहयोगको घोषणा गरेको छ। यो सहयोग मध्ये २५ अर्ब अनुदान हुनेछ। भूकम्पपछि भारतले नेपालको पुनर्निर्माणको लागि १ खर्ब डलर सहयोग गर्ने भएको हो । राजधानीमा भइरहेको दाता सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले सहयोग गर्ने रकम खुलाएकी हुन्। यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन्। भारतले पहिले नै दिने भनेको एक अर्ब डलरको सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई खर्ब डलर पुग्ने भएको छ।

यस्तै चीन सरकारले ७६ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेका हुन्।
 
चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिए। त्यसैगरी, उनले पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि पहिलो चरणमा २०१६(१८ का लागि झन्डै ५० अर्ब चिनियाँ सहयोग आउने चिनियाँ विदेशमन्त्रीले स्पष्ट गरे।
 
यसैगरी विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने भएको छ। विश्व बैंकका अध्यक्षले सम्मेलनमा भिडियो सन्देश दिँदै उक्त सहयोगको घोषणा गरेका हुन्। सम्बोधनमा उनले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने गर्ने बताएका छन्।

यस्तै युरोपियन युनियन९इयु० ले ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ। दाता सम्मेलनमा बोल्दै इयुको प्रतिनिधिले उक्त अनुदानको घोषणा गरेका हुन्।

यस्तै एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एडिबीले २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान हुनेछ । भविश्यमा थप सहयोग गरेर ६० अर्बसम्म पुर्‍याउन सकिने एडिबीले बचन दिएको छ।

अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्‍याउने भएको छ। रजधानीमा आयोजित सम्मेलनमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोग रकम आउने बताएका हुन्।

यसैगरी भूकम्प पछि पुनर्निर्माणका लागि नर्वेले ३ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। सम्मेलनमा नर्वेका प्रतिनिधिले उक्त सहयोग रकमको घोषणा गरेका हुन्।

यता जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ।  दाता सम्मेलनमा बोल्दै जापानका विदेश राज्य मन्त्री मिनोरु कियुचीले उक्त सहयोग रकम घोषणा गरेका छन्।   
सेतोपाटीबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media