बुधवार, श्रावण ०१ गते, २०७६
राजपत्रमा छाप्नु नपर्ने : मन्त्रालय
मंगलवार, २०७२ असार ०८ गते ११:२८



श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने जनाएको छ । मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोही दिनदेखि फ्री भिसा र टिकट उल्लेख भएका मागपत्रलाई मात्र पूर्वस्वीकृत दिनेछ । सोही स्वीकृतिका आधारमा मेनपावर व्यवसायीले कामदार भर्ना गरी विभागबाट अन्तिम स्वीकृत लिएर निःशुल्क रूपमा पठाउनु पर्नेछ ।

राजपत्रमा छाप्नका लागि कानुन मन्त्रालय पठाए पनि राजपत्रमा सूचना निकाल्न नपर्ने भनेपछि श्रम मन्त्रालयले सूचना निकालेर असार २१ देखि निर्णय लागू गर्ने भएको जानकारी श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले बताए । श्रम राज्यमन्त्री स्तरीय जेठ २६ गतेको निर्णयअनुसार मलेसिया र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जाने कामदारलाई भिसा र दुई–दुई हवाई टिकट निस्शुल्क हुने निर्णय गरेको थियो ।

‘फ्री भिसा, फ्री टिकट’ को व्यवस्थाअनुसार कामदारलाई आतेजाते हवाई टिकट र भिसाबापत् लाग्ने खर्च रोजगारदाता कम्पनीले व्योहोर्नु पर्छ, कसैले पनि कामदारसँग त्यसको खर्च उठाउन पाउँदैन । निर्णय लागू भएपछि श्रम मन्त्रालयले ०६० वैशाख २४ गते मलेसियालाई ८० हजार, खाडीका मुलुकलाई ७० हजार रुपैयाँ लागत शुल्क खारेज हुनेछ । कतारमा निस्शुल्क टिकट र हवाई शुल्क कानुनमै उल्लेख भएपछि ०६२ देखि सरकारले कतारलाई २० हजार रुपैयाँ लागत शुल्क तोकेको थियो ।

नयाँ व्यवस्थाअनुसार रोजगारीमा जाने कामदारले बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, कल्याणकारी कोषको रकम भने आफैं तिर्नु पर्नेछ । यसका लागि करिब ८ हजार रुपैयाँ खर्च हुन्छ । निर्णयमा रोजगारदाता कम्पनीले मेनपावर कम्पनीलाई कमिसन शुल्क नदिएको प्रमाणित भए कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क भनेर लिन सक्ने र त्यसको रसिद दिनुपर्ने भनिएको छ ।
कान्तिपुरवाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media