सोमवार, आश्विन ०६ गते, २०७६
बुधवार, २०७२ जेष्ठ २७ गते १४:१०

 
.
रामचन्द्र गिरी / मलेसियाले यही जुन १५ देखि सबै विदेशी कामदारका लागि बायोमेट्रीक प्रणाली पूर्ण रुपमा लागू गर्ने जनाएको छ । यसअघि गत जनवरी १५ मै लागू हुने भनिए पनि नेपाललगायत केही कामदार स्रोत मुलुकहरुले उक्त प्रणालीको चर्को विरोध गरेपछि मलेसियाले उक्त प्रणाली तत्काल रोक्ने निर्णय गरेको थियो ।

आफ्ना नागरिक कामदारमाथि आर्थिक भार पर्ने र तथ्यांक चुहावटको खतरासमेत रहको भन्दै नेपाल, इण्डोनेसियालगायत विभिन्न स्रोत मुलुकले मलेसियाली निर्णयको विरोध गरेका थिए ।

मलेसियाले हालसम्म लागु हुँदै आएको पूरानो पद्दति रोक्दै आगामी सोमबारदेखि विदेशी कामदारका लागि अनिवार्य रुपमा ‘भिसा र मेडिकल’यसअघि विवादित बनेको बायोमेट्रीक पद्दतिबाटै गर्ने भएको हो । अध्यागमन विभागका महानिर्देशक दातुक मुस्तफा इब्राहिमले मंगलबार एक वक्तव्य जारी गर्दै उक्त कुरा बताएको स्थानीय अंग्रेजी दैनिक ‘न्यु स्ट्रेट्स टाइम्स’ ले मंगलबारको अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

त्यस्तै अर्को स्थानीय दैनिक ‘द स्टार’ ले बर्नामालाई उध्दृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघिको पूरानो पद्दति जुन महिनाभरि मात्र रहनेछ । इभिडिआर ९इलेक्ट्रोनिक्स भिसा विद् रिफरेन्स० अर्थात यो नयाँ पद्दती बेस्टीनेट एसडिएन विएचडी नामक निजी कम्पनीद्वारा संचालित ‘फरेन वर्कर्स सेन्ट्रालाइज् मेनेज्मेन्ट सिस्टम’ अन्तर्गत हुने जनाइएको छ ।

उक्त पद्दतिअनुसार विदेशी कामदारले मान्यताप्राप्त क्लिनिकहरुबाट अनिवार्य रुपमा आफ्नो मेडिकल जाँच र प्रमाणीकरण गरी अनलाइनमार्फत् भिसाको लागि आवेदन दिनुपर्नेछ । कामदारले बिमा किनेको प्रमाणसहित थप प्रमाणीकरणका लागि यस पद्दतिमार्फत आवेदन दिनुपर्नेछ । यसो गर्दा कामदारलाई थप खर्च नहुने उल्लेख गरिएको छ । यद्यपि कामदारले कति खर्चिनुपर्छ भन्नेबारे केही पनि उल्लेख गरिएको छैन ।

नेपाली दुतावासले यसबारे आफुलाई जानकारी नभएको बताएको छ । ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’ राजदुत निरञ्जनमान सिंह बस्न्यातले भने ‘छिट्टै यसबारे विस्तृतमा बुझ्नेछौं ।’ मलेसियामा करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media