मंगलवार, भाद्र ०३ गते, २०७६
सोमवार, २०७५ असार ३२ गते १७:४७

सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ ।
 

आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो । सरकारी कार्यालय, निजी प्रतिष्ठान, संघसंस्था लगायतका हकमा फरक–फरक समयसीमा राखेर यो नियम लागू गर्ने निर्णय गरिएको छ । सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको तलब बैंकमार्फत भुक्तानी गराउने व्यवस्था मिलाउन रोजगारदाता कम्पनीलाई केही दिनको समय दिने भएको छ ।
 

यसका लागि कतिपय स्थानीय तहमा अझै बैंक नपुगेकाले सरकारले तत्कालै सबै ठाउँमा बैंकका शाखा कार्यालय पुर्‍याउने निर्णय पनि गरेको छ ।
 

गत जेठमा ल्याइएको श्रम नियमावलीमा श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको थियो ।
 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक बैंकमार्फत भुक्तानी नगर्ने रोजगारदाताहरुलाई कारबाही गर्ने बताउँदै आएको छ ।
 

सरकारले असार २५ गते श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित
2.   दक्षिण कोरियामा कामदारको तलब बढ्यो
3.   मजदुरको न्यूनतम पारिश्रामिकमा बृद्धि, साउनदेखि १३ हजार ४५० निर्धारण
4.   मलेसिया रोजगारीमा श्रम मन्त्री लचिलो बन्दै
5.   वैदेशिक रोजागरीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला हुने
6.   विदेशबाट फर्किएका उत्कृष्ट उद्यमीलाई पुरस्कार तथा सम्मान
7.   वैदेशिक रोजगार व्यवसायी संघले २६ औ बार्षिकोत्सवको केक काट्यो
8.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण (नामसहित)
9.   विदेशमा कानूनी प्रतिरक्षाका लागि सरकारले १५ लाखसम्म दिने
10.   वैदेशिक रोजगारीमा गएका ३३५ नेपाली विदेशी जेलमा, २० जना कोमामा
11.   मलेसिया बन्द हुँदा नेपाली भारतबाट उड्न थाले
12.   असारभित्रै सबै स्थानीय तहमा नपुग कर्मचारी खटाइने
13.   कुवेत जान लागेका ५ महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो
14.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
15.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
16.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
17.   सकसमा वैदेशिक रोजगार
18.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
19.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
20.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
21.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
22.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
23.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
24.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
25.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
Results 428: You are at page 1 of 18
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media