मंगलवार, भाद्र ०३ गते, २०७६
बुधवार, २०७५ असार २६ गते ०३:२२

 बटुकनाथ झा / गैरआवासीय नेपाली संघले धार्मिक र ऐतिहासिक महत्त्व बोकेको जानकी मन्दिरलाई विद्युतीकरणमार्फत झिलिमिली बनाउने भएको छ । 
 
संघले पाँच करोडको लागतमा मन्दिरको हरेक भागमा विद्युतीय बल्ब राखेर सौन्दर्यीकरण गर्ने भएको हो । करिब ५ करोड लागतमा गरिने विद्युतीकरणका सम्बन्धमा जानकी छुट गुठी र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
 
जानकी मन्दिरको प्रागंणमा आयोजित कार्यक्रममा गुठीका तर्फबाट उत्तराधिकारी महन्थ रामरोसन दास वैष्णव र संघको तर्फबाट अध्यक्ष भवन भट्टले समझदारीपत्रमा हस्ताक्षर गरे ।
 
सहमति अनुसार आउँदो मंसिरमा हुने रामजानकी विवाह महोत्सवका दिन जानकी मन्दिरको विद्युतीकरणको उद्‌घाटन गरिनेछ । 
 
कार्यक्रममा संघका अध्यक्ष भट्टले जानकी मन्दिरमा बिजुली मात्र नभई आगामी पुस्ताका लागि जनकपुरधामको कथा देखाउने गरी सजावट गरिने बताए । गैरआवासीय संघले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत जानकी मन्दिरमा विद्युतीकरण गर्न लागेको उनले जानकारी दिए ।

 
कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले जनकपुरधामको विकासका लागि स्थानीय युवाहरु पनि अगाडि बढ्नुपर्ने बताए । ‘स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा मन लगाएर अगाडि बढ्यौं भने छोटो समयमै जनकपुरधामको विकास हुनेछ’, उनले भने ।
 
यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन यहाँका ऐतिहासिक महत्वका सम्पदाहरुको सौन्दर्यीकरण गर्नुपर्ने बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   राजदूतावास क्वालालम्पुरको कन्सुलर सेवा, ३ सय नेपाली कामदार लाभान्वित
2.   एनआरएनएले जानकी मन्दिरमा विद्युतीकरण गरी झिलिमिली बनाउने
3.   ओमानमा जनजागरण तथा सशक्तिकरण कार्यक्रम सम्पन्न
4.   सानुमायाँको अध्यक्षतामा तामाङ समाज न्यूयोर्क
5.   नेपाली दूतावास साउदीको आयोजनामा स्वास्थ्य परिक्षण एवं श्रमिकका समस्याका विषयमा अन्तरक्रिया सम्पन्न
6.   ६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध
7.   मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना
8.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
9.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
10.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
11.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
12.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
13.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
14.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
15.   एनआरएन यूएईको आयोजनामा इफ्तार
16.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
17.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
18.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
19.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
20.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
21.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
22.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
23.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
24.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
25.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
Results 575: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media