विहिवार, असार ०५ गते, २०७६
चैनपुर विकास सम्मेलन काठमाडौंमा हुँदै
शनिवार, २०७५ असार १६ गते २३:४७

 
संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । प्रसिद्ध र ऐलिहाँसिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका चैनपुरवासी, संखुवासभाली तथा विज्ञहरु राखि सम्मेलन गर्न लागिएको हो । 
 
सम्मेलन तयारीका लागि राजधननीमा शनिवार आयोजित छलफल कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले भने–‘चैनपुरको सातो गएको छ, हामी फर्काउन चाहन्छौ, चैनपुरमा विकासको बाहार ल्याउन चाहन्छौ ।’ 
 
मेयर खत्रीले काठमाडौंमा बस्ने चैनपुरवासीलाई भने–‘चैनपुरमा बस्ने मायाँ हुँदा हुँदै धेरै परिवार बाहिर जानु भएको छ, अव हामी उहाँहरुलाई फर्काउन चाहन्छौ, उहाँहरुलाई मायाँ गर्ने र फर्कने वातावरण नगरपालिकाले बनाइदिन्छ ।’
 
मेयर खत्रीले चैनपुरबाहिर बस्नेहरुले आआफ्नो तवरबाट चैनपुरलाई मायाँ गर्न र चैनपुर फर्काउनका लागि चैनपुर विकास सम्मेलन गर्न लागिएको जानकारी दिए । 
 
सम्मेलन काठमाडौंमा भदौको दोश्रो हप्ता गर्ने तयारी भइरहेको र त्यसका लागि छुट्टाछुट्टै विषयका ९ वटा समिति गठन गरिएको सासंद राजेन्द्र गौतमले जानकारी दिए ।
 
काठमाडौंमा रहेका चैनपुरवासीलाई एकीकृत गर्न र कार्यक्रमको संयोजन चैनपुर ३ का पत्रकार शरद अधिकारीले गरिरहेका छन्  ।


 
सम्मेलनको तयारीका बारेमा छलफल गर्न राजधानीबासीहरु सासंद राजेन्द्र गौतम डा.रमेश ढुंगेल, शरद अधिकारी, तुलसीप्रसाद गौतम, जीवन भण्डारी, तेजवहादुर ढकाल, प्रेम शाक्य, गंगा शाक्य, अनुपराज श्रेष्ठ, मुक्ति गौतम, बिरेन्द्र केसी, गुणराज श्रेष्ठ, महेन्द्र शाक्य, हेमन्त गौतम, उत्तम भट्टराई, उद्वव भट्टराईलगायतको सहभागिता रहेको थियो । 


 
चैनपुर ऐतिहाँसिक, धार्मिक, प्राकृतिक, पर्यटकीय दृष्टिकोणले धनी भएता पनि पछिल्लोसमय चैनपुर ओझेलमा परेपछि नगरपालिकाले फेरि चिनाउन खोजेको छ । चैनपुरमा सिद्धकाली मन्दिर, वालेश्वर, गुफापोखरी, बानेश्वर, सभापोखरी, होचो भूभाग अरुण पिलुवा दोभानलगायत सबैको तान्ने स्थलहरु रहेका छन् । 



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media