शुक्रवार, २०७५ असार १५ गते २३:५८
शक्ति समूहकी संस्थापक सुनिता दनुवारलाई अमेरिकी सरकारले ‘हिरो’को अवार्ड प्रदान गरेको छ ।
सुनितालाई अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार एवं छोरी इभांका ट्रम्प र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इन्पर्सन हिरो–२०१८’ को अवार्ड प्रदान गरेका हुन् ।
यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा उक्त अवार्ड हात पारेकी थिइन् ।
अमेरिकाले हरेक वर्ष विश्वभरी मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध क्रियाशील १० जनालाई उक्त अवार्ड प्रदान गर्ने गर्छ ।
उनलाई पीडितका लागि नेपालमा पहिलो संगठन स्थापनाका लागि नेतृत्व गरेको, मानव बेचविखनबिरुद्ध क्रियाशिल भएको र पीडितको संरक्षणका लागि प्रतिबद्धता देखाएका कारण उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।