विहिवार, असार ०५ गते, २०७६
बुधवार, २०७५ असार ०५ गते ०२:३४

सोमबार निधन भएका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ । श्रद्धाञ्जलि दिन आफन्त तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको छ । दिउँसो १ बजेसम्म श्रद्धाञ्जलिका लागि शव अस्पतालमा राखिएको र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । 
 
दिवंगत देवकोटाको शीरमा ढाकाटोपी लगाइएको छ। परिवारका अनुसार देवकोटाकै इच्छाअनुसार उनलाई ढाकाटोपी, दौरासुरुवाल र कोट लगाइएको हो। 
 

यसैबीच, देवकोटालाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पनि त्यहाँ पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराई पत्नी हिसिला यमीसहित न्युरो अस्पताल पुगेर देवकोटालाई श्रद्धाञ्जली दिए। उनी देवकोटाका सहपाठी पनि हुन्। 
 
श्रद्धाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका नेता बामदेव गौतम पनि न्युरो अस्पताल पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
 
नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, पूर्वसभामुख सुवास नेम्वाङ, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल,न्यूरो सर्जन वसन्त पन्त, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। 
 
स्वास्थ्य समस्या देखिएपछि गत मंसिर ५ गते उनी बेलायतको किङ्स अस्पतालमा भर्ना भएका थिए। गत वैशाख १५ गते बेलायतमा उपचार गर्दागर्दै रोग निको नहुने थाहा पाएपछि उनी स्वदेशमै देह त्याग गर्ने इच्छाअनुसार नेपाल फर्केका थिए।
 
पुर्खयौली घर गोरखा पुगेर फर्किएको ९ दिनपछि डा. देवकोटाको निधन भएको हो।
 
को हुन् देवकोटा ?
 
जन्म :२०१० पुस ४
निधन : २०७५ असार ४
 
एमबीबीएस उत्तीर्ण : २०३० साल
 
वीर अस्पतालमा सेवा सुरु : २०३१ साल
 
वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापना : २०३८
 
न्युरो सर्जरीमा एफआरसीएस गर्न बेलायत प्रस्थान : २०४०
 
न्युरो सर्जरीमा दक्षता हासिल गरी स्वदेश फर्किएर वीरमै सेवा सुरु : २०४७
 
स्वास्थ्य मन्त्री : २०५९ असोज २५

फोटो : नागरिक



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media