मंगलवार, आश्विन ०७ गते, २०७६
नेपाल हिमालयन सीमापार वाणिज्य संघको पनि आग्रह
आइतवार, २०७५ असार ०३ गते २२:२६

 
प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको पूर्वसन्ध्यामा भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार छिटो सञ्चालनको पहल गरिदिन सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।
 
नेकपाका स्थायी कमिटी सदस्य एवम सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सासंद अग्नि सापकोटाको नेतृत्वको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बालुवाटारमा पुगेर नाका सञ्चालनको पहल गरिदिन आग्रह गरेको हो ।
 
भूकम्पपछि तातोपानी नाका बन्द हुदाँ राज्यले ठूलो आर्थिक संकट व्यहोर्न परेको भन्दै सापकोटासहितको टोलीले प्रधानमन्त्रीको चीन भ्रमणमा तातोपानी नाका सञ्चालनलाई प्रमुख प्राथामीकता दिन समेत आग्रह गरेको छ ।
 
चीनसँग जोडिएको नाका तातोपानी भन्सारलाई यथासम्भव छिटो सूचारु गर्नका लागि राजनीतिक तथा कुटनितक पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको हो । अरनिको राजमार्ग मर्मत सुधारका लागि चीन सरकारबाट प्राप्त १६ अरब रुपैयाँबाट तत्कालै राजमार्ग मर्मतका लागि खर्च गरिदिन पनि प्रधानमन्त्रीसँग आग्रह गरिएको सांसद सापकोटाले जानकारी दिए ।
 
नेपाल हिमालयन सीमापार वाणिज्य संघले पनि तातोपानी नाका खुलाउनका लागि आवाज उठाउँदै आएको छ । संघका पदाधिकारीसहित प्रधानमन्त्री निवास पुगेका अध्यक्ष बच्चु पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणबाट तातोपानी नाका खुल्नेमा आशाबादी बनेको जानकारी दिए ।
 
भूकम्प, भोटेकोशी बाढी र जुरे पहिरोले यस क्षेत्रको जलविद्युत आयोजना, विद्युत लगायत अन्य भौतीक संरचनाहरु अझै पनि पुनर्निर्माण हुन नसकेकाले यसलाई पनि प्राथामिकतामा राख्नका लागि टोलीले प्रधानमन्त्री समक्ष आग्रह गरेको थियो ।


 
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहितलाई सिन्धुपाल्चोकको जनप्रतिनिधिहरुले नाका सञ्चालन र अन्य विषयमा ध्यान आर्कषण गराएको थियो ।
 
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले तातोपानी नाका सञ्चालनलाई चिन भ्रमणका चिनियाँ नेताहरुसँग कुरा राख्ने बताएका थिए । 
चीन पक्ष तातोपानी नाका सञ्चालन गर्न सकारत्मक छन्,उसले सीमामा हुने चीन विरोधी गतिविधिलाई रोक्न माग गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media