मंगलवार, भाद्र ३१ गते, २०७६
मलेसिया सरकारले सफ्टवेयरमा सहूलियत दिने
शुक्रवार, २०७० माघ १० गते १३:५१

स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणालीका लागि नेपालका मेडिकल सेन्टरलाई चाहिने आवश्यक सफ्टवेयरमा लाग्ने केही रकम मलेसिया सरकारले बेहोर्ने भएको छ । मलेसियाले पत्राचारमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई कति रकम बेहोर्ने भन्ने नखुलाई केही रकम बेहोर्ने जानकारी गराएको छ ।  

वैदेशिक रोजगार व्यवसायी संघ र केही स्वास्थ्य व्यवसायीले बायोमेट्रिक प्रणाली लागू गर्दा सफ्टवेयरबापत करोडौ रकम मलेसिया बाहिरिनुका साथै कामदारलाई ठूलो आर्थिक भार पर्ने  भन्दै विरोध गर्दै आएका थिए ।

बायोमेट्रिक सफ्टवेयरका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम मलेसिया जान्छ । यसअघिको मलेसियाको प्रस्तावमा एक मेडिकलले बायोमेट्रिक सफ्टवेयरका लागि ८ हजार डलर ९८ लाख रुपैयाँ० खर्च गर्नुपर्ने उल्लेख छ । साथै मेडिकलबापत थप १५ डलर ९१५ सय रुपैयाँ० लाग्नेछ । अहिले भने सफ्टवेयरको केही रकम बेहोर्ने मलेसियाले बताएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बायोमेट्रिक प्रणाली लागू गर्नेमा मलेसिया लचिलो रूपमा प्रस्तुत हुन थालेको बताए । सफ्टवेयरको नाममा ठूलो रकम बाहिरिने भएपछि श्रम मन्त्रालयले सफ्टवेयरको रकम बेहोर्न मलेसियालाई भनेको थियो । “मलेसियाबाट सफ्टेवयरमा लाग्ने लागतमा केही रकम बेहोर्ने पत्र आएको छ । तर, कति बेहोर्ने भन्ने खुलाएको छैन,” उनले भने । यसअघिको प्रस्तावमा मलेसियाबाटै सफ्टवेयर आयात गर्नुपर्ने व्यवस्था भएपनि अहिले जुनसुकै मुलुकबाट खरिद गर्न सकिने गरी मलेसिया लचिलो भएको उनले बताए ।
 
मन्त्रालयले भने सफ्टवेयरको सबै रकम मलेसियाले बेहोर्नुपर्ने भन्दै पुनः पत्र पठाउने तयारी गरेको छ ।

स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गरे नेपाली कामदारको लागत ह्वात्तै घट्ने दाबी मलेसियाको छ । मलेसियाको एजेन्टलाई  उच्च कमिसन तिर्ने भएकाले बायोमेट्रिकबाट अनिवार्य बैंकिङ प्रणालीमार्फत काम गर्नुपर्छ । यसले अनधिकृत रूपमा कमिसन तिर्नुपर्ने व्यवस्थाको अन्त्य हुनेछ । “विचौलिया वा एजेन्टलाई तिर्ने कमिसन कति राख्ने भन्ने पनि अझै खुलाइएको छैन । त्यहाँको विचौलिया रहने÷नरहने व्यवस्थासमेत स्पष्ट छैन,” प्रवक्ता खड्काले थपे । मलेसियाको कानुनमा भने एजेन्टमार्फत काम गर्ने व्यवस्था छैन ।

विचौलियालाई तिर्नु नपर्ने भए नेपाली कामदारको लागत खर्च ह्वात्तै घट्न सक्ने खड्काको दाबी छ । एजेन्टलाई ८० हजारभन्दा बढी कमिसन तिर्नुपरेको नेपाली म्यानपावर एजेन्सीले बताउँदै आएका छन् । म्यानपावर एजेन्सीले कामदारसँग १ लाख ६० हजार रुपैयाँ लिने गर्छन् । यसरी वार्षिक १० अर्ब रुपैयाँबराबरको कमिसन रकम मलेसिया पुगिरहेको छ ।

कमिसनको रकम घट्छ भने मेडिकलबापत सानो रकम बाहिर गएर खासै ठूलो असर नपर्ने भनाइ मन्त्रालयको छ । तर, बायोमेट्रिक प्रणालीमार्फत मेडिकलको जिम्मा पाएको बेसिनेटले लिने शुल्क भने उनीहरूको निर्णयमा भर पर्ने पत्रमार्फत जानकारी दिइएको छ ।
कुन म्यानपावर एजेन्सीलाई कति कोटा दिएको छ भन्ने जानकारी नेपालको दूतावास तथा श्रम मन्त्रालयलाई पनि हुने भएकाले मलेसियन एजेन्टले चलखेल गर्ने काम रोकिने दाबी मलेसियाको छ । “रोजगारदाताले कामदारलाई शोषण गर्ने भएकाले बिमा, पारिश्रमिक र अन्य सुविधाको ग्यारेन्टीसमेत मलेसियाले पत्रमार्फत गरेको छ,” खड्काले भने । भिसा र श्रमस्वीकृति अनुमति नथप्ने रोजगारदातालाई समेत कारबाही गरिने उनले बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media