मंगलवार, भाद्र ३१ गते, २०७६
चाडै उपत्यकाका अन्य स्थानमा पनि आवेदन संकलन केन्द्र स्थापना गरिने
सोमवार, २०७० माघ ०६ गते ११:०१

 
राहदानी लिनका लागि आवेदन गर्न १५ घण्टाभन्दा बढी समय लामबद्ध हुनुपर्ने सेवाग्राहीको बाध्यता आज माग ६ बाट अन्त्य हुने भएको छ ।
 
सरकारले आजदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन सङ्कलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो ।
 
केन्द्रको, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले उदघाटन गर्नुभयो । त्यस अवसरमा उहाँले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरिएको बताउँदै  निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलङ्की, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
 
दैनिक दुई हजारभन्दा बढी व्यक्ति राहदानीका लागि आवेदन फाराम बुझाउन आउने गरेका बताउँदै राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले राहदानी छपाइ पनि वृद्धि गर्ने योजनामा विभाग रहेको बताए ।
 
विगत तीन वर्षदेखि सरकारले यन्त्रले पढ्ने राहदानी एमआरपी वितरण गर्दै आएको छ । राहदानी वितरणबाट यस अवधिमा रु ६ अर्ब राजस्व सङ्कलन भएको जानकारी पनि महानिर्देशक खनालले दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media