मंगलवार, भाद्र ३१ गते, २०७६
विहिवार, २०७० पुस १८ गते १२:३९

 
नयाँ वर्ष २०१४ सँगै मलेसिया जाने नेपाली कामदारको पारिश्रमिक पनि बढ्ने भएको छ । जनवरी १ गतेदेखि नेपाल सरकारले मलेसिया सरकारले घोषणा गरेको न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा अस्वीकृत गर्ने भएपछि मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ निश्चित भएको छ ।

‘न्यूनतम् पारिश्रमिक उल्लेख नभएको भिसालाई जनवरी १ देखि स्वीकृति रोकेका छौं’ वैदेशिक रोजगार विभागका प्रवक्ता दिवस आचार्यले भन्नुयभयो (’मलेसिया सरकारले २०१४ गतेदेखि न्यूनतम् पारिश्रमिक कडाइका साथ लागू गर्ने जनाएकाले हामीले न्यूनतम् पारिश्रमिक नतोकिएको भिसाको स्वीकृति रोकेका हौं ।’

मलेसिया सरकारले सन् २०१२ देखि लागू गर्ने गरी न्यूनतम् पारिश्रमिकको घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । न्यूनतम् पारिश्रमिक मापदण्ड लागू नहुँदा नेपाली कामदारले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् ।

आचार्यका अनुसार सरकारसँग भएको तथ्यांकअनुसार ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् । अघिल्लो वर्ष उनीहरुले ५८ करोड ९० लाख रुपैयाँ रेमिटान्स नेपाल पठाएका थिए । न्यूनतम् पारिश्रमिक कार्यान्वयनसँगै मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।

मलेसियाबाट रेमिटान्स बढी भित्रिने मुलुकमध्ये नेपाल विश्वकै तेस्रोमा पर्छ । पहिलोमा इन्डोनेसिया र दोस्रोमा बंगलादेशले मलेसियाबाट बढी रेमिटान्स भित्र्याउँछन् 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media