मंगलवार, भाद्र ३१ गते, २०७६
बहराइन, ओमान र कुवेत भ्रमणपछि
आइतवार, २०७० पुस १४ गते १८:३५

 
परराष्ट्र सचिव अर्जुन बहादुर श्रेष्ठले साताब्यापी खाडी मुलुकका बहराइन, ओमान र कुवेत भ्रमण फलदायी भएको बताएका छन् । भर्खरै स्थापना भएका ओमान र बहराइनका दुई नेपाली दूतावासको उद्घाटन समेत गरेर फर्किएका परराष्ट्र सचिव थापाले ती देशहरुमा चाँडोभन्दा चाँडो श्रम सम्झौता गर्न आफ्ना समकक्षीहरुसँग आग्रह गरेको बताएका छन् । 
 
परराष्ट्र मन्त्रालय सिंहदरवारमा सचिवकै कार्यकक्षमा आइतवार बैदेशिक रोजगार पत्रकार समाजका पदाधिकारीहरुले गरेको अनौपचारिक भेटघाटमा सचिव थापाले भने–‘ओमान, बहराइन र कुवेतमा भ्रमण फलदायी भयो, जहाँ अझै नेपाली कामदार बढाउन आग्रह गरेँ ।’ उनले ती देशमा चाँडोभन्दा चाँडो नेपाली कामदारको हकहितका लागि श्रम सम्झौता गर्नका लागि अनुरोध गरेको समेत बताए । सचिव थापाले भने–‘ नेपाली श्रमिकको सहजताका लागि छिटो दुई देशवीच श्रमसम्झौता गर्ने विषयमा उनीहरु सकारात्मक छन् ।’
 
खाडी मुलुक कतार, साउदी र यूएईभन्दा केही कम नेपाली रहेपनि लामो समयको मागपछि बहराइन र ओमानमा भर्खरै नेपाली दूतावास स्थापना भएका छन् । खाडी मुलुकका नेपालीका समस्यालाई सचिव थापाले यूएईमा राजदूत हुँदा नै नजिकवाट बुझेका छन् । ‘ समस्या खाडीमा रहेका नेपालीका उस्तै हुन् तर त्यसलाई न्यूनिकरण गर्न श्रम सम्झौता आवश्यक छ ।’


 
विदेशमा रहेका कुटनैतिक नियोगमा न्यून कर्मचारीका कारण काम हुन नसकेको जनगुनाषो धेरै नै छ । यससम्बन्धी राम्रो जानकारी राखेका सचिव थापा एकै पटक कर्मचारीको दरबन्दी थप्न नसकिने भएता पनि पहल भने गरिरहेको जनाए । ‘विदेशमा हाम्रा कामदारले धेरै तलव र सुविधा पाउन् भन्ने हाम्रो चाहाना हो’ सचिव थापाले भने–‘ नेपाली दूतावासले निश्चित मापदण्ड बनाएर न्यूनतम पारिश्रमिक वढाउन पहल गरिरहेको छ ।’
खाडी मुलुकमा घरेलु  नेपाली महिला कामदारको विषयमा  ओमानले अत्यन्तै न्यून तलव दिएको पाइएको जनाउँदै सचिव थापाले यस विषयमा नेपाली दूतावासले मापदण्ड तोकिसकेको बताए । 
सचिव थापाको साताव्यापी भ्रमण केवल विदेश सयर गर्न मात्र थियो वा केही परिवर्तन ल्याउने हो त्यो भने हेर्न वाँकी नै छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media