मंगलवार, भाद्र ३१ गते, २०७६
७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था
शुक्रवार, २०७० पुस १२ गते १३:५२

 
नविन अर्याल
के तपाई काठमाडौं महानगरभित्र सवारी पार्किङ गर्दा शुल्क तिर्दै त हुनुहुन्न । आजदेखि महानगरभित्र सवारी पार्किङ गर्दा कुनै शुःल्क तिर्नु पर्दैन । काठमाडौं महानगरापलीकाले महानगरभित्रका सार्वजनिक स्थानहरुमा सवारी पार्किङ निःशुल्क बनाएको छ ।

महानगरपालीकाले पुस १ गतेदेखि नै निःशुल्क पार्किङको व्यवस्था गर्ने तयारी गरेको भएपनि पार्किङ ठेकदारले पुनरावेदन अदालतमा उजुरी हालेपछि रोकिएको थियो । अदालतले स्टे अर्डर गरेर तत्काललाई पार्किङ निःशुल्क नबनाउन महानगरपालीकालाई निर्देशन दिएको थियो । तर, बिहीबार उक्त उजुरीमाथि सुनुवाई गर्दै अदालतले पार्किङ निःशुल्क बनाउन महानगरपालिकालाई बाटो खुल्ला गरिदिएको छ ।

बंगलामुखी सप्लायर्सका सञ्चालक विनोद शाक्यले नगरपालीकाको बैठक नबसी प्रमुख कार्यकारी अधिकृतले एकलौटी रुपमा निर्णय गरी पार्किङ निःशुल्क गर्न नसक्ने भन्दै अदालतमा उजुरी जाहेर गरेका थिए । ‘आजदेखि महानगरका सार्वजनिक स्थानहरुमा निःशुल्क पार्किङ गर्न सकिने छ’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भन्नुभयो( ‘महानगरपालिकाले तोकेको स्थानमा निःशुल्क पार्किङ गर्न सकिने छ ।’

महानगरपालीकाले नयाँ बानेश्वर, प्युखा, खिचापोखरी, कालीमाटी लगायतका ७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । यी स्थानहरुमा औपचारिक र अनौपचारिक रुपमा दुई पाँग्रो र चार पाँग्रे सवारी पार्किङ हुँदै आएका छन् । स्थानीय स्वयत्त शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरपालीकाले पार्किङ शुल्क लिएर सवारी व्यवस्थापन गर्दै आएको थियो । उक्त व्यवस्था असार मसान्तमा सकिएपछि अब निःशुल्क पार्किङ बनाइएको महानगरको भनाई छ ।

महानगरपालीकाले फागुन महिनामा काठमाडौंका ७३ स्थानमा खुला प्रतिस्पर्धाबाट पार्किङका लागि बोलपत्र आहृवान गरेकोमा पार्किङ ठेकेदारहरुले महानगरको कदम न्याससंगत नभएको भन्दै वैशाखमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्धा अदालतमा अझैपनि विचाराधीन भएकाले महानगरले बोलपत्र आहृवान गर्न नमिलेपछि निःशुल्क पार्किङ बनाइएको हो ।

महानगरले ७३ स्थानमा पार्किङ हुँदै आएको बताएपनि २ सयभन्दा बढी स्थानहरुमा अनौपचारिक पार्किङ सञ्चालन गरेर स्थानिय यूवा तथा क्लवहरुले पैसा अशुल्दै आएका थिए । महानगरले भने जम्मा २० स्थानबाट मात्र पार्किङको पैसा पाउने गरेको थियो । पार्किङबाट महानगरपालीकाले वाषिर्क ४६ लाख रुपैयाँ राजश्व बुझ्दै आइरहेको बेलामा अनौपचारिक रुपमा करोडौं रुपैयाँ बराबरको पार्किङ कारोबार हुने गथ्र्यो ।
महानगरले ठेक्का दिँदा १ घण्डा पार्किङ गरेको ५ रुपैयाँ र १ घण्टाभन्दा बढी पार्किङ गरेको १० रुपैयाँ लिनुपर्ने बताएपनि ठेकदारहरुले एक घण्टाकै १० देखि २० रुपैयाँसम्म लिने गरेका थिए । मोटरसाइकलको भिड लाग्ने स्थानहरुमा स्थानिय क्लव तथा यूवाहरुले पार्किङ शुल्क उठाउँदै आएका थिए । पार्किङ सञ्चालन गर्ने प्रायजसो स्थानिय यूवाहरु हुने हुँदा उनीहरुले चालकलाई धम्काएर पैसा असुल्दै आइरहेका थिए ।

महानगरपालीका एक कर्मचारीले भने ‘हामी महानगरपालीकाका कर्मचारी हौं, हाम्रो पैसा लाग्दैन भन्दा पनि छाड्दैनथे, सर्वसाधारणलाई कसरी छाड्थे ।’ पार्किङका नाममा गुण्डागर्दीको शैलीमा चालकबाट शुल्क असुल्ने प्रवित्ती बढ्दै गएको थियो ।

२० स्थानबाट पार्किङको राजश्व उठ्दै आइरहेको महानगरपालीकाले बताएपनि गैरकानुनी रुपमा २ सय भन्दा बढी स्थानमा पार्किङ शुल्क असुलिँदै आएको थियो । हालसम्म यी कम्पनी तथा व्यक्तिहरुले मात्र महानगरपालिकालाई राजश्व बुझाउँदै पार्किङ सञ्चालन गर्दै आइरहेका थिए ।
 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media