विहिवार, मंसिर ०५ गते, २०७६
आइतवार, २०७४ बैशाख ०२ गते ०४:५०

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने)  विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।
 
नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२।४० पैसा खरिद मूल्य र बिक्री मूल्य १०३।०३ तोकेको छ। यो २० महिनायताकै नेपाली रुपैयाँको तुलनामा कमजोर हो।
 
अमेरिकाले पछिल्लो समय सिरियामा शृंखलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै अमेरिकी डलर कमजोर बनेको छ। अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको हो।
 
गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय ९ रुपैयाँ ७७ पैसासम्म पुगेको थियो।
 
अमेरिकाले सिरियामा मिसाइल आक्रमण गर्दा उसको मुद्रा भने कमजोर देखिएको विज्ञको भनाइ छ। विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिम क्षेत्रमा भएको रसायनिक हमलाको जबाफमा अमेरिकाले सिरियामा आक्रमण गरेको छ।
 
डलर कमजोर भई भारतीय मुद्रा बलियो बनेपछि नेपाली रुपैयाँको पनि भाउ बढेको हो। सिरियामा आक्रमणको समाचार सार्वजनिक भएपछि विश्वभर नै डलर कमजोर भएको छ।
 
नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको भाउ घट्न पुगेको हो। अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ।
 
डलरको भाउ घटदा तेस्रो मुलुक ९भारतबाहेक० बाट आयात हुने सामानको मूल्य पनि घट्ने नेपाल राष्ट्र बैंकको भनाइ छ।। डरलको भाउ घट्दा नेपाललाई बढी फाइदा हुन्छ।
 
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि डलर कमजोर बन्न पुगेको हो।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media