विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७३ चैत्र २१ गते २३:५१

वैशाख ३१ गते हुन गैरहेको स्थानीय निकायको चुनावमा दाङको घोराही उप–महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरेलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । 
 
किरण किशोर घिमिरेसँगै उक्त उप–महानगरपालिकामा बिरकेशरी गौतम, कमलकिशोर घिमिरे, अर्जुन श्रेष्ठ, भरत न्यौपाने, ध्रुव ज्ञवालीको नाम पनि मेयरको दावेदारको रुपमा चर्चामा छ । यद्यपी अन्य दावेदारको दाजोमा जिल्लामा परिचित, चर्चित र व्यवसायीक तथा वहुआयामिक पृष्ठमूमि भएका कारण महानगरपालिकावासीले किरणकिशोर घिमिरेलाई नै उम्मेदवारको रुपमा खडा गर्न पार्टीलाई दबाब दिएको बुझिएको छ ।
 
पार्टी सभापति शेरबहादुर देउवासँग निकट सम्वन्ध रहेका किरणकिशोर घिमिरे व्यवसायीक र प्रशासनिक अनुभव बटुलेका अनुभवि राजनितिज्ञ भएका कारण पनि पार्टीले पनि उनलाई नै ल्याउन खोजेको चर्चा घोराहीमा व्यापक छ ।
 
अर्थशास्त्रमा स्नाकोत्तर तथा नेदरल्याण्डबाट स्ट्राटेजिक म्यानेजमेण्टमा पोष्ट ग्रयाजुवेट डिप्लोमा गरेका घिमिरेसँग सरकारी सेवामा अधिकृतदेखि महाप्रवन्धकसम्मको करिब १८ वर्षे लामो अनुभव छ । कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्षसमेत रहेका घिमिरे व्यवसायीक बृतमा पनि निडर, निर्भिक तथा नैतिकताको राजनिती गर्ने व्यक्तिकारुपमा परिचित छन । पेट्रोलियम डिलर एशोसिएसन महासंघका राष्ट्रिय सल्लाहकारसमेत रहेका घिमिरेको लगानीमा दाङमा पेट्रोल पम्प, नर्सिङ कलेज तथा अस्पताल रहेको छ । 
 
१९ वडा रहेको उक्त उप–महानगरपालीकामा १ लाख ५६ हजार १ सय ६४ मतदाता रहेका छन् । ५ नम्बर प्रदेश अन्तर्गतको घोराही उप-महानगरपालिकामा दाङको क्षेत्र नं. २ र ३ समेटिएको छ । यी दुवै क्षेत्रमा यसअघि भएको संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार भारी मतले विजयी भएका कारण पनि स्थानीय निर्वाचनमा यहाँ कांग्रेस सहजै विजयी हुने आँकलन गरिएको छ । कांग्रेसको गढ मानिने दाङमा रहेका २ उप–महानगरपालिकामा कांग्रेसले आफ्नो शाख जोगाउन पनि अनुभवि र लोकप्रिय अनुहारलाई अघि सार्न नैतिक दबाब परेको छ । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media