विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७३ चैत्र १४ गते २१:२८

चैत्र कृष्ण चतुर्दशीका दिन सोमवार काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदैछ ।  टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्तीअनुरूप काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गरेर यो जात्रा मनाइन्छ । 
 
ललितपुरको बालकुमारीमा पनि एउटा आँखा नदेख्ने कानो एकल घोडालाई सर्वसाधारणले हाहाहुहु गर्दै धपाएर यो जात्रा मनाउने प्रचलन छ ।  विशेष गरेर यो दिन जात्रा मनाइरहेका उपत्यकाका नेवारी समुदायका मन मिलेका व्यक्ति विशेषलाई तिमी जङ्गबहादुरको घोडा किन्न हिँडेका हौ कि कसो रु भनेर ठट्टा रमाइलो गर्ने प्रचलन पनि छ ।  
 
घोडे जात्रा मनाइरहेकाहरूमा यो दिन जाँडको मातले जङ्गबहादुरको घोडासमेत खरिद गर्छु भन्ने अदम्य साहस उत्पन्न भएको हुन्छ भनिन्छ ।  यसैदिन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको, फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको घटनाको स्मृति गराउने जङ्गको टुँडिखेलमा रहेको शालिक अवलोकन गर्ने प्रचलन पनि छ ।  
 
कहिल्यै थकित नहुने र भुइँमा लमतन्न नबस्ने घोडालाई हेरेर मानिसले पनि आफूलाई तन्दुरुस्त र फूर्तिलो राख्न यो दिन घोडाप्रति उसलाई मनपर्ने चना घाँस आदि दिएर धन्य सम्झने चलन छ ।  
 
यसै दिनदेखि रायो, चमसुर, पालुङ्गो, लसुन, छ्यापी, तोरी लगायतका हरिया सागपातको स्वाद क्रमशः हराउँदै जान्छ भनिन्छ ।  साथै, घोडेजात्राकै दिन फर्सी, लौका, घिरौँला जस्ता लहरे तरकारीको बिउ रोप्ने चलन कतैकतै छ ।  
 
उपत्यकामा तलेजुका बाहनका रूपमा रहेका घोडालाई भने जात्रा उत्सवमा समावेश गर्ने गरिन्न ।  नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको सैन्यले नयाँ सडक जुद्ध शालिक सामुन्ने रहेको रेवन्त पीठमा यो दिन बिहानै बोका बली दिएपछि उपत्यकामा घोडेजात्रा सुरु हुन्छ ।  
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media