मंगलवार, भाद्र ३१ गते, २०७६
‘आप्रवासी’ नेपालीको संख्या ३१ लाख
विहिवार, २०७० पुस ०४ गते १७:३७

प्रवासी श्रमिक र उनीहरुको परिवारका लागि मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । प्रत्येक वर्ष १८ डिसेम्वरमा मनाइने यो दिवस नेपालमा ‘सीप, सूचना र अभिमूखीकरण, सुरक्षित र मर्यादीत आप्रवासन’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ । 
सरोकारवाला निकाय र सरकारले संयुक्तरुपमा साताव्यापी आप्रवासन दिवस मनाउँदा आप्रवासी कामदारको कारुणिक कथा बाहिर आए । अझै प्रवासी कामदारको अवस्था सन्तोषजनक नभएको हुँदा ब्यापकरुपमा सीप सिकेर अभिमूखीकरण तालिम लिएर मात्र बैदेशिक रोजगारमा जान दिवसले कोशेढुङगाको काम गरेको अन्तर्राष्ट्रिय आप्रवासन मूल समारोह समिति तथा श्रम तथा रोजगार मन्त्रालयका सचिव सूरेशमान श्रेष्ठले बताए । 
१८ डिसेम्बरमा भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरीमा विभिन्न सरकारी निकाय, सरोकारवाला संघसंस्थाले प्लेकार्ड र ब्यानर बोकी ¥याली निकालेका थिए । श्रम सचिवको अगुवाईमा भएको प्रभातफेरीमा सुरक्षित बैदेशिक रोजगारका वारेमा पर्चाहरु पनि वाँडिएको थियो ।  
 
विश्वमा बढ्दै गएको आप्रवाशनसँगै नेपालबाट विदेश जानेहरुको संख्या ३१ लाखको हाराहारीमा पुगेको तथ्यांक छ ।
डिसेम्बर १८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्यांकमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ३० लाख २१ हजार ३ सय २ पुगेको छ । यो तथ्यांकमा अध्ययन, पर्यटन, पारिवारिक सम्बन्ध, व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका  नेपाली समावेश छैनन् ।
तथ्यांक अनुसार हाल विश्वमा २१ करोड ४० लाख मानिसहरु आप्रवाशनमा रहेका छन् । यसको २५ प्रतिशत हिस्सा एशिया प्रशान्त क्षेत्रले ओगटेको छ । नेपालीहरु  आप्रवाशनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि कानूनी वातावरण भने नेपालमा विसं. ०४२ सालदेखि बनेको हो ।
संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार तथा तिनका परिवारहरुको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि सन्् १९९० डिसेम्बर १८ देखि विश्वभर अन्तर्राष्ट्रिय ‘आप्रवासन’ दिवस मनाउने गरिएको हो । यस अवसरमा नेपालमा पनि ‘सीप सूचना र अभिमूखीकरणः सुरक्षित र मर्यादित आप्रवाशन’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय संघसंस्थाले समेत यो दिवस बनाएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media