विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७३ चैत्र १३ गते ०४:०६

-



हरिराम पौडेल 

बसन्तपुर, महादेव, पार्वती डवली ..स्पिकरमा निरन्तर सूचना प्रवाह भइरहेको थियो विहान १० ः ३० बजे देखि नै । रक्तदान गर्नुहोस् पुन्य कमाउनुहोस् ..साथमा रक्तदान सम्वन्धी मार्मिक गीतहरु पनि । 
 
बज्राचार्य रक्तदान समाजका अध्यक्ष अगममान गुभाजु, सचिव आनन्दरत्न बज्राचार्य रक्तदाता आगन्तुकहरुलाई स्वागत गर्नमा व्यस्त हुनुहुन्थ्यो । खुल्ला ठाउ, रेडियो सिटी एफ.एम. ९८.८ बाट विगत केहि दिन देखि निरन्तर भइरहेको प्रचार प्रसार अनि बज्राचार्य रक्तदान समाजका सक्रिय सदस्यहरुको उपस्थितिले रक्तदान स्थल भिडभाड थियो । 

 
विभिन्न उमेर समुहका महिला तथा पुरुष रक्तदाताहरु रक्तदानको लागी पालो पर्खिरहेका थिए । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवाका प्राविधिकहरु तथा बज्राचार्य रक्तदान समाजका स्वयंसेवकहरु सक्रिय रुपमा खटिनु भएको थियो । दिन ढल्किदै थियो ..रक्तदाताहरुको उपस्थिति भने बाक्लिदै थियो । माइकिंग भइरहेको सुनेर बसन्तपुर घुमघाममा लागी आएकाहरु समेत रक्तदानका लागी आकषिर्त भएका थिए । त्यस्तै मध्ये कि एक थिइन् कपिलबस्तु कि प्रतिक्षा आचार्य । 
 
रक्तदान जीवनदान हो भन्ने बुझेकी उनले अहिले सम्म रक्तदान गर्ने अवसर पाएकी थिइनन् । आज यो शुभ अवसर जुर्यो भनेर उनी आफ्नी साथी डा. प्रिया पराजुलीका साथ रक्तदान शिविरमा प्रवेश गरिन् । दुवैको स्वास्थ्य परीक्षण गरियो । प्रिया स्वास्थय परीक्षणमा रक्तदानको लागी योग्य भइन् तर प्रतिक्षाको रक्तचाप सन्तोषजनक नभएकोले केन्द्रीय रक्तसंचार सेवा कि प्राविधिकले उनलाई रक्तदान गर्न दिनु भएन । साथी प्रियाले गरेको रक्तदान हेरेर बसिरहिन् । 
 
यो पटक स्वास्थ्यले साथ नदिए पनि अर्को पटक साथ दिनेछ, अनि रक्तदान गरेर कसैको ज्यान जोगाउने नै छु उनले दृष्ढ निश्चय यसरी नै सुनाइन् । 
 
शनिवार बसन्तपुरमा बज्राचार्य रक्तदान समाजद्धारा आयोजित वृहत रक्तदान कार्यक्रममा प्रतीक्षा जस्तै ८१ जनाले रक्तदानको लागी स्वास्थ्य परीक्षण गराए तर ६७ जना मात्र रक्तदान गर्न योग्य ठहरिए । 
 
रेडियो सिटी एफ.एम. ९८.८ को संचार सहाकार्य रहेको उक्त रक्तदान कार्यक्रमबाट संकलित ६७ प्रिन्ट रगतले उपत्यकाको रगत अभावलाई धेरै हद सम्म टेवा पुग्ने नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवाले जनाएको छ । 
 
उक्त बृहत रक्तदान कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तित्वहरु, लिस्नर्स क्लव नेपालका महासचिव जनक चन्द सचिव दुर्गा पौडेल, रेडियो सिटी एफ.एम. ९८.८ का वरिष्ठ प्राविधिक राजकुमार मगर तथा चर्चित संगीतकार नारायण सुवेदी को उपस्थिति रहेको थियो । 
 
बज्राचार्य रक्तदान समाजका सचिवले यो पुन्य कार्यको प्रचार प्रसारको लागी रेडियो सिटी एफ.एम. ९८.८ मेगाहर्जले गरेको सहयोगको प्रशंसा गर्दै सबै संचारमाध्यमले सामाजिक कार्यमा यसरी नै सघाउनु पर्ने बताउनु भयो ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media