विहिवार, मंसिर ०५ गते, २०७६
विहिवार, २०७३ चैत्र ०९ गते ०९:१४

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । लगातार तिन दिनको सुनुवाइपछि समितिले राजदूतको नाम अनुमोदन गरेको हो । 
 
समितिले अनुमोदन सम्बन्धी पत्र बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । समितिका सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइपछि प्रस्तावित सबै राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको बताए । उनले भने ‘सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । हामी आजै निर्णयको जानकारी सम्बनिधत निकायलाई पठाउँछौं ।’ समितिको अनुमोदनपछि अब सरकारले प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ । 
 
समितिले सोमवार अस्टे«लियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको थियो । यस्तै मंगलबार निरञ्जनकुमार थापा, शर्मिला पराजुली ढकाल, रमेश कोइराला, अर्जुन जंगबहादुर सिंह, प्रतिभा राणा र युवनाथ लम्सालको सुनुवाइ गरेको थियो । 
 
बुधवार प्रस्तावित राजदूतहरु भीम उदास, डा. चोपलाल भुसाल, प्रा. डा. विश्वम्भर प्याकुरेल, प्रा. डा. महेन्द्र सिंह, र पदम सुन्दासको सुनुवाइ गरेको हो । 
 
मन्त्रिपरिषद्को फागुन ९ गतेको बैठकले १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादपछि युएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार गरेको थियो ।
 
मन्त्रिपरिषद्ले म्यानमारका लागि भीम उदास, बंगलादेशमा चोपलाल भुसाल, श्रीलङ्कामा प्रा। डा। विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुनजङ्गबहादुर सिंह र कतारमा रमेशप्रसाद कोइरालालाई सिफारिस गरेको थियो । यस्तै, अस्ट्रेलियामा लक्की शेर्पा, डेनमार्कमा युवनाथ लम्साल, साउदी अरेबियामा प्रा। डा। महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास सिफारिसमा परेका थिए । जापानमा प्रतिभा राणा, इजरायलमा निरञ्जन थापा र ओमनका लागि शर्मिला पराजुली ढकालको नाम सरकारले सिफारिस गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media